बिनायक अधिकारी :-  यो हाम्रो ठुलो उपलब्धि हो भन्ने ठानेका छौं, नेपाल र नेपालका लागी केहि गर्न सकौं भन्ने भाव मनमा आउदा देखिनै  थीयो यसो पनि एउटा नेपाल र नेपालीका लागी केहि गर्न सक्ने प्रयास हो । यसले ठुलो मात्रामा योजना र बितास निर्माण भीत्रायाउन सक्छ महामहिम लक्कि शेर्पाले भनिन ।

D9ADCE3E-05D8-4BCB-994C-C54642DFB143-300x225 अष्ट्रेलिया नेपाल सॉंसद समूह गठन : एउटा महत्वपूर्ण उपलब्धि - लक्की शेर्पा

नेपाल र नेपालीप्रति बिशेष मित्रता, सदभाव र आत्मियता दर्साउने अष्ट्रेलियाका बिभिन्न स्थानबाट निर्बाचित साँसदहरुले यहाँको संसद भवन राजधानी क्यान्बेरामा साँसदहरुको उलेख्य उपस्थितिमा “अष्ट्रेलिया नेपाल साँसद समुह” Australian Nepal Parliamentarian Group अष्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पा र नेपाली बिज्ञ र समुदायको प्रतिनिधिको उपस्थितिमा गठन भएको छ ।

D9ADCE3E-05D8-4BCB-994C-C54642DFB143-300x225 अष्ट्रेलिया नेपाल सॉंसद समूह गठन : एउटा महत्वपूर्ण उपलब्धि - लक्की शेर्पा
सो समारोहमा माननीय साँसद श्री आन सुद्मालिस र माननिय पिटर खलिलले अध्यक्षता गर्नु भएको थियो जो अष्ट्रेलियाको लिबेरल पार्टी र लेबर पार्टीको समेत प्रतिनिधित्व गर्दछन ।
कार्यक्रमको शिलशिलामा माननीय आन सुद्मालिसले नेपाल र अष्ट्रेलिया बिच मैत्री सम्बन्ध १९५६ स्थापना भएको र दुई एक अर्काको मित्रतामा रोमाञ्चित हुनाको साथै हाल नेपाल अश्ट्रेलिया पार्लियामेन्टरी नेट्वर्कको अध्यक्षता गर्न पाउदा खुशी भएको अनुभव सुनाईन भने अर्का अध्यक्ष पिटर खलिलले यो एतिहासिक क्षणले नेपाल र अष्ट्रेलिया बिच मैत्रिपूर्ण सम्बन्ध जनस्तरसम्म बिस्तार हुने र यस समबन्धको पहलकदमी लिएकोमा नेपाली राजदुत लक्की शेर्पा र दुताबासका सम्पूर्ण टिमलाई बधाई दिए ।

D9ADCE3E-05D8-4BCB-994C-C54642DFB143-300x225 अष्ट्रेलिया नेपाल सॉंसद समूह गठन : एउटा महत्वपूर्ण उपलब्धि - लक्की शेर्पा
कार्यक्रममा महामाहिम लक्की शेर्पाले ब्यबस्थापिका संसदको सम्माननिय सभामुख कृष्ण बहादुर महराले पठाएको शुभकामना सन्देश पढेर सुनाएगी थीइन । सन्देशमा यस्तो खाले सहकार्यले दुई देशको संसदिय प्रणाली र सांसद बिचको सम्बन्ध मात्र नभएर लोकतान्तान्त्रिक मुल्य र मान्यतालाई बलिया बनाउने र स्थापित गराउने कार्यमा पनि टेवा पुग्ने विश्वाश लिएको छ । थप बिशेषताको रुपमा अष्ट्रेलियन कमाण्डो सर्बोच्च शिखर सगरमाथा अरोही मार्क स्कुइजले आधा घण्टा नेपाल र सगरमाथा आरोहण समबन्धी चित्ताकर्षक प्रस्तुति पस्केको थियो भने उपस्थित माननिय सांसदहरुलाई प्रकृतिको अनुपम नमुनाको साथै बिबिधतायुक्त मुलुक नेपालमा घुम्नको लागि अनुरोध गरिनुको साथै सबैले नेपाल घुम्न जाने प्रतिबद्दता समेत् गरिएको थियो ।

D9ADCE3E-05D8-4BCB-994C-C54642DFB143-300x225 अष्ट्रेलिया नेपाल सॉंसद समूह गठन : एउटा महत्वपूर्ण उपलब्धि - लक्की शेर्पा
उपस्थितिको रुपमा अष्ट्रेलियाको राजनीतिमा समेत राम्रो प्रभाव राख्ने डेभिड कोल्मेन, गै ब्रोड्मेन,मिल्टन डिक, शरोन क्ल्य्डोन,माईक फ्रील्याण्डर, मेडालिन किङ, म्याट थिसल्वेट्ट, लुक जोन गोस्लिङ, लिसा सिंह, टोनी स्मिथ, लिण्डा बर्नी, स्टिभ जेओर्गनस लगायत दुई दर्जन माननिय साँसदहरुको उपस्थिती रहेको थियो ।
नेपाली प्रतिनिधिमा दुतावासको तर्फबाट महामहिम राजदुत लक्की शेर्पाको नेत्रित्वमा, न्यु साउथ वेल्सका अनररी कन्सुलेट दिपक खडका, नेपाल अष्ट्रेलिया फ्रेण्डसिप सोसाईटिका जीवन राना, एन.आर.एन प्रतिनिधि राजन ढुगेल, फेन्काका अध्यक्ष डा. कृष्ण हमाल, जलस्रोत बिज्ञ डा. डि. डि. कडेल डेपुटी चिफ अफ मिसन दुरापदा सापकोटा, फस्ट् सेक्रेटरी प्रमिता अधिकारी लगायत दुताबास परिवारको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्त्यमा नेपाली मौलिक परिकार र नेपालमा उत्पादित हस्तकलाको उपहारसहित कार्यक्रम समापन गरिएको थियो ।

D9ADCE3E-05D8-4BCB-994C-C54642DFB143-300x225 अष्ट्रेलिया नेपाल सॉंसद समूह गठन : एउटा महत्वपूर्ण उपलब्धि - लक्की शेर्पा

 

Total Page Visits: - Today Page Visits:
Shares