जैविक बिबिधता र बहुसांस्कृतिक राष्ट्रको रुपमा परिचित राष्ट्र अष्ट्रेलियाको प्रमुख राज्य मध्येको न्यु साउथ वेल्स(NSW) मा अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम लक्की शेर्पाले औपचारिक भ्रमण गरेकी छन् । दुईदिने उक्त औपचारिक भ्रमणमा न्यु साउथ वेल्स राज्यको गभर्नर, देखि च्याम्बर अफ कमर्शका प्रतिनिधि उच्च ओहोदाको व्यक्तिहरुसंग भेट भएको महामहिमको भेटघाटमा संगै प्रतिनिधि मण्डलका रुपमा रहेका न्यु साउथ वेल्स राज्यका महाबाणिज्यदुत दिपक खड्काले बताए । गत सेप्टेम्बेर २५ र २६ को भ्रमणको पहिलो दिन राजदुत शेर्पाले न्यु साउथ वेल्स राज्य सुप्रिम कोर्टकि एक्टिंग चिफ जस्टिस महामहिम मार्ग्रेट बेज्ली संग उहाँ कै कार्यकक्षमा र त्यसैगरी डिपार्टमेन्ट अफ प्रिमियर एण्ड क्याबिनेटका सेक्रेटरी टिमोथी रेरडर्न संग औपचारिक भेटबार्ता गरेकी थिइन् । अपरान्ह मिनिस्टर फर मल्टीकल्चरिजम/डिसेबिलिटि सर्भिस महामहिम रे विलिम्स ( एम.पी ) का साथै वट्लि क्षेत्रका सांसद मार्क कुवोरे संग भेट गरेकी थिइन् । यसरी नै सोहि दिन मल्टि कल्चरल एक्टिंग सिइवो रस हवाके संग सौहार्द भेट एवं द्धिपक्षीय हित, र समसामयिक बिषयमा बार्ता भएको थियो । तत्पश्चात पुर्बनिर्धारित न्यु साउथ वेल्स राज्यका लेजिग्लेटिभ एसम्ब्लिकी सभामुख महामहिम शेली हनकुक ( एम.पी ) संग भेटमा वट्लि क्षेत्रका संसद मार्क कुवोरे, स्टिभ कम्पेर एमपी रक्डेल, हेलन मिनिकन (क्लर्क लेजिग्लेटिभ एसम्ब्लि ) र ब्रिजिड ओब्रेयान (सभामुख कार्यलय) सामुहिक छलफल भएको थियो ।
भ्रमणको दोश्रो दिन अपरान्ह महामहिम राजुदुत र न्यु साउथ वेल्स राज्यका गभर्नर डेविड हुर्ले बीच गभर्नर हाउसमा करिब डेढ घण्टा बिबिध बिषयमा औपचारिक भेटबार्ता सम्पन्न भएको थियो । यसरी नै सांसद, सेडो मिनिस्टर फर वेस्टर्न सिड्नी एबं बिपक्षी दलका नेता लुक फोली (एम.पी. ) संग समेत औपचारिक भेटबार्ता भएको थियो उक्त भेटमा जोडी म्याकके एम.पी. एवं सेड़ो मिनिस्टर ट्रान्सपोर्ट/रोड/मर्टाइम) र पोलिसी एड्भाइजर ज्याकी लोयडको पनि सहभागिता थियो । यसरी नै राजदुत शेर्पाले एनएसडब्लु बिजिनेस च्याम्बरकी जनरल म्यानेजर पाउला मार्टिन र अन्त्यमा महामहिम जोन अज्का ( सभापति, लेजिग्लेटिभ काउन्सिल एनएसडब्लु ) संग पनि छुट्टा छुट्टै भेट गरि यस पटकको औपचारिक भ्रमण समापन भएको थियो ।
![[Tags] 4C726C4A-B694-4B94-BCE5-C6F3DEF165BD-300x225 न्यू साउथ वेल्स राज्यको भ्रमणबाट उत्साहित : राजदुत शेर्पा](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/4C726C4A-B694-4B94-BCE5-C6F3DEF165BD.jpeg?resize=300%2C225&ssl=1)
दुइ दिन सम्म लागातर र भिन्न भिन्न व्यक्ति संगको भेटमा नेपाल र दिपक्षीय हितका बिषयमा बिभिन्न बिषयमा कुरा भएको र निचोडमा आफु यो भ्रमणबाट निक्कै उत्साहित भएको पनि राजदुत शेर्पाले बताईन । नेपालको न्यायिक निकायहरु र अष्ट्रेलियाको न्यायिक निकायहरुसंग सम्भव भए सम्म सहकार्य गर्ने, यहाँ रहेका बिधार्थी र समुदायलाई पर्ने बिबिध समस्यालाई कसरी सम्बोधन गर्ने, न्यु साउथ वेल्समा नेपालीहरुको संख्या बढोतरी रहेकोले सामुदायिक अनुदानहरु बढाउनु पर्ने र सामुदायिक अनुदानहरुका लागि बढी भन्दा बढी कसरी नेपालीहरुलाई पनि सहभागिता गराउने, यहाँको उद्योग बाणिज्य र ब्यापार क्षेत्रमा नेपाली ब्यबसायीहरुलाई पनि सक्रिय सहभागिता गराउने, उपहारको रुपमा अष्ट्रेलियाको राष्ट्रिय जनावर कंगारुको एक जोडीलाई नेपालसम्म लैजाने बिषयमा समेत छलफल भएको र सबै पक्ष सकारात्मक रहेको राजदुत शेर्पाले बताइन् ।
![[Tags] 4C726C4A-B694-4B94-BCE5-C6F3DEF165BD-300x225 न्यू साउथ वेल्स राज्यको भ्रमणबाट उत्साहित : राजदुत शेर्पा](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/2B7FFD7C-7354-4ECE-9D13-B00E9B82E15C.jpeg?resize=300%2C225&ssl=1)
यस अलावा नेपालको कुनै एक प्रदेश र न्यु साउथ वेल्स राज्य बीच मितेरी राज्यको रुपमा सम्बन्ध स्थापित गर्ने आफुले राखेको प्रस्ताबमा अष्ट्रेलियन पक्षबाट देखाइएको उत्सुकताले आफुलाई उत्साहित बनाएको पनि महामहिम राजदुत शेर्पाले बताईन । यसैगरी नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्बन्ध स्थापित भएको ६० वर्षगाठको अवसर परेर २०२० मा नेपालबाट प्रधानमन्त्री स्तरको भ्रमण गराउने बिषयमा पनि सम्बन्धित पक्षसंग छलफल गरेको राजदूत शेर्पाले बताईन।
![[Tags] 4C726C4A-B694-4B94-BCE5-C6F3DEF165BD-300x225 न्यू साउथ वेल्स राज्यको भ्रमणबाट उत्साहित : राजदुत शेर्पा](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/09/7A79F026-4F62-4992-BE03-A4F6DF8565F5.jpeg?resize=225%2C300&ssl=1)
भ्रमण दलको सदस्यको रुपमा संगै रहेका न्यु साउथ वेल्स राज्यको महाबाणिज्यदुत दिपक खड्काले भ्रमणको क्रममा अष्ट्रेलियन अधिकारिहरु र राजनीतिज्ञहरुले देखाएको उच्च सम्मान र मैत्रीपूर्ण ब्यबहारले आफु अत्यन्तै गौरबान्बित महसुस भएको बताए।