बिनायक अधिकारी :- नेपाली दुताबास क्यानबेराको नॉंउमा गाडी गलत पार्किंग गरि आएको बिल यो बर्षको मात्रै नभएको जानकारि दिएको छ । बिभिन्न मिडियामा यो बर्षको मात्रै भनेर आएको छ तर यो रकम दुताबास स्थापना काल झण्डै २००७ देखिको हो । बिभिन्न कर्मचारीले जथाबाभी गाडी पार्किंग गरेर यो जरिवना आएको हो । हामीले यो यहॉं निर्णय गरेर तिर्न नमिल्ने भएकोले सबै रकम चुक्ता गर्नका लागी सम्वन्धित निकायमा पठाएका छौं सायद छिट्टै यो कुराको समाधान हुन्छ का.मु महामहिम दुरपदा सापकोटाले मेरो कपुरी क संगको भेटमा जानकारि दिइन ।
![[Tags] 6CA69490-0160-44B9-80A1-4789146B9C2D-1024x768 दुताबासको गलत पार्किंगको जरिवना यो बर्षको मात्रै होइन : दुरपदा सापकोटा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/6CA69490-0160-44B9-80A1-4789146B9C2D.jpeg?resize=640%2C480&ssl=1)
हामीलाइ पनि नेपाली दुताबासको नाम गलत कुराहरुमा जोडिदा दुख लागेको छ । यस्ता कुराहरुले गर्दा नेपाल र नेपालीलाइ पनि ठेस पुग्ने देखिन्छ । हामी हरेक नराम्रा कुराहरुबाट सचेत हुन खोजिरहेका छौं । नेपाली दुताबास चुष्त र प्रभावकारि बनाउन सबै नेपाली समुदायको सहयोग आवस्यक छ र हामीले पनि प्रयास गरिरहेका छौं सापकोटाले बताइन ।
![[Tags] 6CA69490-0160-44B9-80A1-4789146B9C2D-1024x768 दुताबासको गलत पार्किंगको जरिवना यो बर्षको मात्रै होइन : दुरपदा सापकोटा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/12/810870F2-8974-493D-96CE-7B53FFBD44EF.jpeg?resize=640%2C880&ssl=1)
यो समाचार क्यानबेरा टाइम्सले प्रकाशन गरेको थीयो । जसमा पहिलो नम्बरमा नाम नभएको एम्बेसी, दोस्रोमा रसिया छ भने नेपाल चौधौं स्थानमा रहेको छ । नेपालको हाल सम्मको जम्मा जरिवना रकम $२०७४ (नेपाली रुपैया झण्डै २ लाख) रहेको छ ।