आदरणीय अष्ट्रेलियाबासी आमाबुवा, दिदीबहिनी, दाजुभाइ, मीडियाकर्मी साथीहरु तथा समस्त एनआरएनएका मेरा सहकर्मी मित्रहरुमा नमस्कार अनि न्यानो अभिवादन !

म ‘केशव कंडेल’ सन् १९९८ मा अस्ट्रेलियाको मेल्बर्नमा बिध्यार्थीको रुपमा आए देखी नै भिक्टोरियामा हुने लगभग सबै कार्यक्रमहरु मा मन बचन र कर्मले स्वयम्सेवीको रुपमा सकृय रुपमा सहभागी भएको कुरा यहाँहरु सबैलाई अवगत नै छ । अध्यान सकेर आफ्नो अष्ट्रेलियाको बसाइलाई अलिक सहज बनाए संगै म २००८ देखी निरन्तर रुपमा एनआरएनएको हरेक अभियानमा मन, वचन र कर्मले सहभागी भएर आफूले सतप्रतिसत दिएको स्मरण गरिरहँदा मलाई सधै आत्मसन्तुष्टि मिल्छ । २००८ – २०११ सम्म स्वयंसेवक, २०११ – २०१३ एनसीसी मेम्बर, २०१३ – २०१५ भिक्टोरिया स्टेट सचिव, २०१५-२०१७ र २०१७-२०१९ गरी दुई कार्यकाल उपाध्यक्ष एबं भिक्टोरिया स्टेटको संयोजक भएर काम गर्ने मौका दिनु भएकोमा म यहाँहरु सबै प्रती आभारी छु ।
स्वयमसेवक देखि स्टेट संयोजक वा उपाध्यक्ष सम्मको यात्रामा सधै मैले आफ्नो जिम्मेवारी इमान्दारी पुर्वक निभाएको छु । सामाजिक कार्य गर्दै गर्दा मेरो व्यवसायीक कार्यहरु नआउन भनेर मैले सधै सर्तकता अपनाउदै ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नहोस भनि सधै विचार पुराउदै आएको छु । एनआरएनए अष्ट्रेलियाको बिधान परिवर्तन सँगै यस संस्था नयाँ दिशामा जान लागेको छ । यो अवस्थामा यसको कार्यन्वयनको लागि संस्थालाई निश्चय नै अनुभबी एबं परिपक्क्व नेतृत्त्वको आवश्यकता रहेको छ । सँस्था प्रती इमान्दारिता एबं निष्ठा भएको ब्यक्तीले नै यसको नेतृत्त्व गर्नु पर्ने आजको आवश्यकता हो ।
यी कुराहरु मेरो अनुभब र इमान्दारिताले पुरा गर्न सक्छु भन्ने दृढ बिश्वास सहित २०१९-२१ को लागी एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदको लागि आफ्नो उम्मेद्वारी दिने तयारी गरिरहेको ब्यहोरा अवगत गराउन चाहन्छु ।
मलाई थाहा छ पद सँगै जिम्मेवारी पनि आउंछ र म त्यो जिम्मेवारी पुर्ण निष्ठा एबं इमान्दारिताका साथ निभाउने प्रतिबद्दता पनि गर्न चाहन्छु ।
यो उम्मेद्वारी दिने तयारी गर्दै गर्दा म एक ब्यक्ती एक पदको मान्यता अनुरुप र सस्थालाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ बाट बाहिर राख्न आफु आबद्ध एनआरएनए बाहेकका अरु सबै सस्थाहरु को पदिय जिम्मेवारीबाट आजैको दिन देखी राजिनामा दिएको जानकारी पनि गराउन चाहन्छु र आगामी २ बर्ष एनआरएनए बाहेक अन्य संस्थामा म कुनै पनि पदीय जिम्मेवारीमा नरहने ब्यहोरा अवगत गराउन चाहन्छु ।
अब चाँडै नै म तपाईंहरु समक्ष मेरा प्रस्तावित कार्यक्रमहरु को खाका सहित आउनेछु । तपाईंहरुको सर सल्लाह एबं सुझाव मलाई हरपल चाहि रहनेछ र सदा झै विशेष सुझाव र सहयोग को लागि म छिट्टै प्रत्यक्ष वा कुनै न कुनै माध्यमबाट आउनेछु ।

Some of my involvement in community
** COORDINATOR
Nepal Festival Melbourne 2018

  • COORDINATOR
    Nepal Festival Melbourne 2016
    ** SPONSORSHIP COORDINATOR
    Nepal Festival Melbourne 2014
    ** COORDINATOR
    Social welfare Fund fundraiser 2012
    ** DEPUTY COORDINATOR
    Victoria Stands Together For Nepal
    ( a combined initiative of Victorian community to help earthquake victims)
    ** GENERAL SECRETARY
    Melbourne Saptaha 2017
    (Worked 14 days regularly to exceed the fundraising target by raising 1.1 millon for the community centre in Victoria.)
    *** Coordinated and helped organize many other NRNAA and community events since 2008.

यहाँहरु को सदभाब र मायाको हमेशा सम्मान गर्ने बाचा सहित
तापाईहरु को
केशव कंडेल
Vice President NRNA Australia
Coordinator Victoria
( Candidate for President 2019/2021)

स्रोत : फेसबुक पेजवाट

Total Page Visits: 1857 - Today Page Visits: 1
Shares