गत सनिबार डार्लिंग हार्बर नेपालीमय बन्यो । नेपाली झण्डा, भेषभुषा, भाषा साहित्य र खानाले आम सिड्निबासीको ध्यान तान्यो । एनआरएनए अष्ट्रेलियाको प्रतिष्ठित कार्यक्रमको रुपमा मनाउदै आएको नेपाल फेष्टिबल सिड्नीमा सम्पन्न भएको छ । नेपाली मात्रै नभइ अन्य देशका नागरिक सहित हजारौं दर्शकको सहभागितामा सम्पन्न नेपाल फेष्टिभलले नेपाली कला, संस्कृति तथा परम्पराको प्रबर्धन गर्ने सफलता पाएको छ । सनिबार बिहान ११ बजेबाट टाउन हलबाट सुरु भएको बिभिन्न संस्थागत ब्यानर र नेपाली झण्डा सहितको सांस्कृतिक परेडले सिड्निका सडक नेपालीमय बनायो । परेडले ईतिहासमै पहिलो पटक सिड्नीका सडकको आवागमन केहि समयका लागी ठप्प बनाएको थियो । एउटा फरक संस्कृतिको रुपमा पहिचान गर्न सफल नेपालीले काउन्सिलको स्वीकृतिसहित प्रहरीको एस्कर्टमा भएको परेडले धेरै सिड्नीवासीको ध्यान तान्न पक्कै सफल रह्यो ।
नेपाली पन्चेबाजा सहितको परेड टाउन हलबाट सुरु भएर मुख्य लहरता बिभिन्न बाटो हुदै कार्यक्रमस्थल डार्लिङ हार्वरमा पुगेर सम्पन्न भएको थियो । विहान १२ बजेदेखि राति १० बजेसम्म चलेको नेपाल फेष्टिभलमा ३५ वटाभन्दा बढी स्टलहरु राखिएको थियो । नेपाली खाना, नेपालीहरुले सञ्चालक गरेका व्यवसाय मात्र होइन अष्ट्रेलियाका व्यवसायिक संघसंस्थाले पनि सक्रिय सहभागिता जनाएका थिए । नेपाल महोत्सवमा प्रिमियर सहभागी भएको यो पहिलो पटक हो । प्रिमियर क्रिस मिन्स सहभागी हुनुभएको हो । प्रिमियर मिन्ससँगै विपक्षी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान र न्यूसाउथवेल्सका बहुसांस्कृतिक मन्त्री स्टीभ काम्पर समेत नेपाल फेष्टिभलमा सहभागी हुनु भएको हो ।
![[Tags] IMG_4706-1-240x300 डार्लिंग हार्वरमा फर्फराए नेपाली झन्डा । नेपाल फेष्टिवल सिड्नि भब्य ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7489.jpeg?resize=640%2C427&ssl=1)
नेपाली टोपि र खादामा सजिनुभएका प्रमुख अतिथि प्रिमियर क्रिस मिन्सले कार्यक्रममा बोल्दै भन्नुभयो, “यतिबेला हजारौं सहभागी भएको मेला नेपालमा हैन, विश्वका कुनै कुनामा हैन अष्ट्रेलियाको सिड्नीमा भइरहेको छ । यसैकारण नेपाली समूदायको यो कार्यक्रममा सहभागी हुन पाउनु गर्वको विषय हो ।” कार्यक्रमका सहभागी वक्ताहरुले अष्ट्रेलियाको बिकास र बहसांकृतिक समाजमा नेपालीले पुर्याएको योगदानको खुलेर प्रससा गरेका थिए ।
![[Tags] IMG_4706-1-240x300 डार्लिंग हार्वरमा फर्फराए नेपाली झन्डा । नेपाल फेष्टिवल सिड्नि भब्य ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7365.jpeg?resize=640%2C440&ssl=1)
नेपाल महोत्सव सिड्निको ओपेराको छेउमा नेपाल हाउस मुख्य आकर्षणको केन्द्र बनेको थियो जसमा नेपाली धरहरा, पशुपति मन्दिर, बौद्ध स्तुपा लगायतको प्रतिमा स्थापना गरिएको थियो ।
अष्ट्रेलियामा एनआरएनको यस कार्यक्रमलाई यहाँस्थित सरकारले समेत महत्वपूर्ण कार्यक्रमका रूपमा लिँदै ५० हजार डलर आर्थिक अनुदान प्रदान गरेको थियो । कार्यक्रममा पाठशालाका बिभिन्न शाखाका भाइ बहिनिनिहरुले नृत्य प्रस्तुत गरेका थिए भने अष्ट्रेलियाका स्थानिय कलाकारहरुले पनि नृत्य तथा गायन मार्फत नेपालका बिबिध सॉंस्कृतिलाइ समेटेर आफना प्रस्तुति दिनुभएको थियो । कार्यक्रमलाई थप मनोरञ्जक बनाउन अष्ट्रेलियाका नेपाली कलाकारका साथै एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माका गीत संगीतले नेपाली मज्जैले नाचेको देखिन्थ्यो ।
![[Tags] IMG_4706-1-240x300 डार्लिंग हार्वरमा फर्फराए नेपाली झन्डा । नेपाल फेष्टिवल सिड्नि भब्य ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7427.jpeg?resize=640%2C322&ssl=1)
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाल एम्बेसी, सबै एनआरएनए सदस्यहरु सिड्नि टिम, अन्य स्टेटबाट आउनुभएका साथिहरु र नेपाल फेष्टिवल सिड्नि सफल बनाउन प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गरेनुहुनो सबैलाइ हार्दिक धन्यवाद ब्यस्त गर्नुभएको थियो । पोखरेलले नेपाल महोत्सवले यहाँ रहेका नेपालीलाई यो महोत्सवले एकआपसमा जोड्ने काम गरेको बताउदै नेपाल महोत्सवमा बिभिन्न जनजातिहरुको सहभागिताले यसलाई ऐतिहासिक बनाउन महत्वपूर्ण धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रायोजक ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड भिसाका तर्फबाट निदेशक रामचन्द्र पौडेलले बोल्दै अप्ठेरो परिस्थितिमा पनि समूदायलाई केही दिनपर्छ भन्ने धारणाका साथ आफुहरु सहभागी भएको बताउनुभएको हो।
कार्यक्रममा एनआरएन न्यूसाउथवेल्स राज्य समितिका संयोजक विनोद कुँवरले स्वागत गर्नुभएको थियो । कुवंरले सबै सहयोगी मनहरुलाइ धन्यवाद ब्यक्त गर्दै हाम्रो संस्कृति खाना र नेपाली पुलाउ यहॉं देखाउन पॉंउदा खुसी रहेको कुरा ब्यक्त गर्नुभएको थियो । आईसीसी उपाध्यक्ष विनोद श्रेष्ठ, आईसीसी सचिव डा. ज्ञानेन्द्र रेग्मी, ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, न्यूसाउथवेल्सका वाणिज्यदूत सञ्जीव शर्मा, भिक्टोरियाका वाणिज्य दूत निराजन गौली, पूर्वओसेनिया क्षेत्रीय संयोजक दिनेश जोशीले शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव सन्तोष कुँवर र न्यूसाउथवेल्स सचिव कल्याण खड्काले गर्नुभएको थियो । त्यस्तै सॉंस्कृतिक कार्यक्रममा लक्ष्मण सन्देश सहित अन्य साथिहरुले कार्यक्रम संचालन गर्नुभएको थियो ।
![[Tags] IMG_4706-1-240x300 डार्लिंग हार्वरमा फर्फराए नेपाली झन्डा । नेपाल फेष्टिवल सिड्नि भब्य ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7455.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] IMG_4706-1-240x300 डार्लिंग हार्वरमा फर्फराए नेपाली झन्डा । नेपाल फेष्टिवल सिड्नि भब्य ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_4706-1.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_4706-1-240x300 डार्लिंग हार्वरमा फर्फराए नेपाली झन्डा । नेपाल फेष्टिवल सिड्नि भब्य ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5187.jpeg?resize=300%2C188&ssl=1)