IMG_7142 देशभक्ति गीत “मुटुमा प्यारो नेपाल छ” सिड्नि नेपाल फेष्टिवलमा सार्वजानिक ।

आमा र देश एउटै हो । आमा छाड्नु र देश छाड्नु झनै उस्तै कुरा हुन । जति आमा छोडेर टाढा जॉंदा मन रुन्छ देशै बाहिर जॉंदा झन बढि रुन्छ । परदेश बसेर देशलाइ साहित्यबाट बोलिरहने, लेखिरहने अष्ट्रेलियाको मेलबर्न निबासी लेखक लक्ष्मण सन्जेल देश बाहिर रहेका नेपालीहरूको भावना झल्काउने “मुटुमा प्यारो नेपाल छ” गीत प्रस्तुत गर्नुभएको छ । गीतमा संगीत हरि लम्सालले दिनुभएको छ भने प्रमोद खरेल, मेलिना राई, रवि ओड, र समीक्षा अधिकारीको आवाज यसमा सुन्न सकिन्छ। भिडीयो निर्माण नेपालका चर्चित निर्देक निकेश खड़काले गर्नुभएको हो ।ओएसआर डिजिटलबाट सार्वजनिक गीतको निर्माणमा एनआरएन अष्ट्रेलियाले पनि सहयोग गरेको छ ।

यो विशेष गीत सिड्नीको नेपाल फेस्टिवलको स्टेजबाट एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, विपक्षी दलका नेता मार्क स्पिकम्यान सहित उपस्थित अतिथिहरुले सार्वजनिक गर्नुभएको हो ।

गीतले प्रवासमा रहेका नेपालीहरूको देशप्रतिको आत्मीय भावनालाई उजागर गर्छ। जहाँ भए पनि, नेपालीहरूको हृदय सधैं नेपालसँग जोडिएको छ भन्ने सन्देश यो गीतले दिएको छ । यस गीतले प्रवासमा रहेका नेपालीहरूको मन छुने र नेपालप्रतिको गहिरो आत्मीयतालाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

 

IMG_7142 देशभक्ति गीत “मुटुमा प्यारो नेपाल छ” सिड्नि नेपाल फेष्टिवलमा सार्वजानिक । IMG_7142 देशभक्ति गीत “मुटुमा प्यारो नेपाल छ” सिड्नि नेपाल फेष्टिवलमा सार्वजानिक ।

Total Page Visits: - Today Page Visits:
Shares