अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगीता हुने भएको छ । क्यानबेरा नेपलिज भलिवल क्लवको आयोजनामा क्यानबेरा क्षेत्र स्तरिय हुन लागेको भलिवल प्रतियोगीतालाइ सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसले मुख्य प्रायोजन गर्ने भएको हो । प्रतियोगिताको नाम “सक्सेस वान डे कम्यूनिटी भलिवल प्रतियोगीता” दिइएको छ ।
यहि आउने डिसेम्बर ७ तारिख सनिबारका दिन हुने भलिवल प्रतियोगीतामा ६ टिम सहभागी हुने कुरा क्लवका अध्यक्ष राजकुमार केसीले जानकारी दिनुभएको छ । प्रतियोगीता ३/३ टिमलाइ दुइ समूहमा बिभाजन गरेर लिग चरणमा खेलाइने कुरा क्लवका उपाध्यक्ष जीवन बखुन्चेले बताउनु भएको हो । खेल गंगालीन स्थित ह्यारिसन स्कुलको हलमा डिसेम्बर ७ सनिबारका दिन बिहान ८ बजेबाट सॉंझ ८ बजेसम्म हुने छ । खेलमा सहभागी हुन प्रत्येक टिमले दर्ता बापत $३०० (तिन सय डलर) राखिएको कुरा क्लवका कोषाध्यक्ष जीवन थापाले बताउनुभएको छ । क्यानबेरामा रहेका नेपाली खेलाडीहरुको सहभागीता रहने प्रतियोगीतामा अन्य कोहि नेपाली खेलाडीहरुले प्रतियोगीतामा टिम सहित वा ब्यक्तिगत रुपमा सहभागी हुन चाहनुहुन्छ भने पनि सम्पर्क गर्न क्लवका सचिव अनिस ढकालले अनुरोध गरेको छ ।
यसपटक भने क्यानबेरामा पहिलोपटक बहिनिहरु पनि सहभागी हुने हुनुभएको छ । चारजना बहिनिहरुले भलिवल खेल्नका लागी नाम दर्ता गराएको कुरा अध्यक्ष राजकुमार केसीले बताउनुभएको हो । केसीले अन्य महिला दिदि बहिनिहरु र नयॉं पुस्ताका नेपालीहरुलाइ पनि खेलमा इच्छुक भए सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।
क्लवले प्रतियोगीतामा प्रथम हुनेलाइ सक्सेस एजुकेशनका तर्फबाट $१००० दोस्रो हुनेलाइ अजि फाइनान्स एण्ड होम लिनका तर्फबाट $५०० सहित सिल्ड मेडल र प्रमाणपत्र दिने कुरा क्लवले जनाएको छ । खेललाइ सभ्य र भब्य बनाउन स्वयं सेवक टोलि गठन गरिएको जानकारि गरॉंउदै सम्पूर्ण खेल प्रेमी साथिहरुलाइ उपस्थित रहन क्लवका अध्यक्ष राजकुमार केसीले अनुरोध गर्नुभएको छ । क्लवको मुख्य प्रायोजकको रुपमा सक्सेस एजुकेशन एण्ड भीजा सर्भिस रहेको छ भने सह प्रायोजकका रुपमा अजी फाइनान्स एण्ड होम लोन रहेको छ त्यस्तै एजे कम्प्लिट सोलुसनले पनि क्लवलाइ आर्थीक तथा अन्य सहयोग गर्दै आइरहेको छ ।
![[Tags] IMG_7142 क्यानबेरामा भलिवल प्रतियोगिता हुदै । पहिलोपटक महिला सहभागिता रहने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7531.jpeg?resize=640%2C905&ssl=1)
![[Tags] IMG_7142 क्यानबेरामा भलिवल प्रतियोगिता हुदै । पहिलोपटक महिला सहभागिता रहने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7142.gif?resize=640%2C62&ssl=1)
![[Tags] IMG_7142 क्यानबेरामा भलिवल प्रतियोगिता हुदै । पहिलोपटक महिला सहभागिता रहने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_4706-1.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_7142 क्यानबेरामा भलिवल प्रतियोगिता हुदै । पहिलोपटक महिला सहभागिता रहने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5187.jpeg?resize=300%2C188&ssl=1)