अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालको राष्ट्रिय खेल भलिवल प्रतियोगीता सम्पन्न भएको छ । क्यानबेरा नेपलिज भलिवल क्लवको आयोजनामा क्यानबेरा क्षेत्र स्तरिय कम्यूनिटी लिग भलिवल प्रतियोगीतालाइ सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसले मुख्य प्रायोजन गरेको हो । प्रतियोगिताको नाम “सक्सेस वान डे कम्यूनिटी भलिवल प्रतियोगीता” दिइएको थियो ।
गत डिसेम्बर ७ तारिख सनिबारका दिन भएको भलिवल प्रतियोगीतामा ४ टिम सहभागी भएका थिए । प्रतियोगीता लिग चरणमा खेलाइएको हो । खेल गंगालीन स्थित ह्यारिसन स्कुलको हलमा डिसेम्बर ७ सनिबारका दिन बिहान ८ बजेबाट हुने भनिएको भएता पनि केहि प्राबिधिक समस्याका कारण १० बजे मात्रै सुरु भएको थियो भने सॉंझ ४ः३० बजे सकिएको थियो । खेलमा सहभागी हुन प्रत्येक टिमले दर्ता बापत $३०० (तिन सय डलर) राखिएको थियो । क्यानबेरामा रहेका नेपाली खेलाडीहरुको सहभागीता रहेको प्रतियोगीतामा पहिलोपटक महिला सहभागिता रहेको थियो ।
खेलको लिग चरणमा टिम सि र टिम ए फाइनलमा पुगेका थिए । बेष्ट अफ फाइभ सेटमा खेलाइएको फाइनल खेलमा पहिलो २ सेट टिम सि (कमल) ले जित्दै खेललाइ जित तिर उन्खुम देखिएको थियो तर तेस्रो सेट टिम ए (नबिन) ले जित्न सफल रह्यो र खेलमा पुनरागमन गर्यो । तर चौंथो सेटमा भने फेरि टिम सि ले २१ का बिरुद्ध २५ अंक बटुल्दै आफुलाइ बिजयी बनाउन सफल रह्यो ।
![[Tags] IMG_7142 भलिवलको उपाधि कमल बिनायकको टिमलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/12/IMG_7657.jpeg?resize=640%2C438&ssl=1)
क्लवले प्रतियोगीतामा प्रथम हुनेलाइ सक्सेस एजुकेशनका तर्फबाट $१००० डलर, प्रमाणपत्र, मेडल र सिल्ड प्रदान गरेको थियो भने दोस्रो हुनेलाइ अजि फाइनान्स एण्ड होम लोनका तर्फबाट $५०० सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरेको हो । त्यस्तै क्लवले उत्कृष्ट खेलाडीका रुपमा टिम सि का कप्तान कमल सिंहलाइ प्रदान गरेको थियो । उत्कृष्ट खेलाडीको अवार्ड नेपालबाट आउनुभएकी ७२ बर्षीय आमा सरस्वती रेग्मीले प्रदान गर्नुभएको थियो । कमलले आफनो टिमलाइ जित दिलाउन आफनो उत्कृष्ट खेल प्रदान गर्नुभएको थियो । टिममा कमल सहित बिनायक अधिकारी, सुरेश अधिकारी, बेल राना, यूवराज खनिया, ललित, यज्ञ अधिकारी, बिनोद उप्रेती र अमृता खत्री रहनुभएको थियो ।
![[Tags] IMG_7142 भलिवलको उपाधि कमल बिनायकको टिमलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/12/IMG_7666.jpeg?resize=640%2C364&ssl=1)
![[Tags] IMG_7142 भलिवलको उपाधि कमल बिनायकको टिमलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/12/IMG_7650-scaled.jpeg?resize=640%2C431&ssl=1)
खेललाइ सभ्य र भब्य बनाउन स्थानिय ब्यक्तिहरु डा कृष्ण हमाल, डा दुर्गादत्त कणेंल, जीवन राना, अशोक बस्नेत, चुडामणी सापकोटा, निरज गौली, आशिष सापकोटा, यज्ञ अधिकारी रहनु भएको थियो भने खेलप्रेमी साथिहरुको उपस्थिति रहेको थियो । अष्ट्रेलियाका पहिलो पुस्ताका छोरीहरु सामरिका अधिकारी र सान्भी मल्लले एम्पाएरको भूमिका गर्नुभएको थियो । खेललाइ मुख्य प्रायोजन सक्सेस एजुकेशन एण्ड भीजा सर्भिसले गरेको थियो भने सह प्रायोजन अजी फाइनान्स एण्ड होम लोनले गरेको थियो । त्यस्तै सदैव सहयोगी संस्थाका रुपमा एजे कम्प्लिट सोलुसन रहेको थियो । प्रतियोगीतालाइ सफल बनाउन सहयोग गर्ने अष्ट्रेलियन नेपलिज फ़्रेण्डशिप सोसाइटि सहित सम्पूर्ण संस्था र ब्यक्तिहरुलाइ क्लवका अध्यक्ष राजकुमार केसीले धन्यवाद ब्यक्त गर्नुभएको थियो । कार्यक्रम संचालन क्लवका सचिव अनिश ढकालले गर्नुभएको थियो । कार्यक्रममा सहयोगी संघ संस्था क सहयोगी ब्यक्तिहरुलाइ क्लवले प्रमाणपत्र तथा मॉंयाको चिनोले सम्मान गरेको थियो ।
![[Tags] IMG_7142 भलिवलको उपाधि कमल बिनायकको टिमलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/12/IMG_7687.jpeg?resize=640%2C475&ssl=1)
![[Tags] IMG_7142 भलिवलको उपाधि कमल बिनायकको टिमलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/12/IMG_7715.jpeg?resize=640%2C442&ssl=1)
![[Tags] IMG_7142 भलिवलको उपाधि कमल बिनायकको टिमलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/12/IMG_7724.jpeg?resize=640%2C434&ssl=1)
![[Tags] IMG_7142 भलिवलको उपाधि कमल बिनायकको टिमलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/12/IMG_7732.jpeg?resize=640%2C472&ssl=1)
![[Tags] IMG_7142 भलिवलको उपाधि कमल बिनायकको टिमलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7142.gif?resize=640%2C62&ssl=1)
![[Tags] IMG_7142 भलिवलको उपाधि कमल बिनायकको टिमलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_4706-1.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_7142 भलिवलको उपाधि कमल बिनायकको टिमलाइ ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5187.jpeg?resize=300%2C188&ssl=1)