बिनायक अधिकारी : क्यानबेरा
हरेक बर्षझैं यस पटक पनि अष्ट्रेलिया नेपलिज फ्रेण्डसिप सोसाइटि (एएनएफएस) ले दशैं सॉंझ २०१९ गर्ने भएको छ । स्थानिय कलाकारहरुबाट मनोरन्जन गराइने कार्यक्रममा संस्थाका सदस्यहरुका लागी $१५ र संस्थाको सदस्य नबनेकाहरुका लागी $२५ मा तिन प्रकारका खानाको ब्यवस्था गरिएको छ ।
कार्यक्रमको अन्त्यमा डिजे मन्त्रले थप रमाइलो गराउने छन् भने बिच बिचमा अन्य रमाइला कार्यक्रम त हुनेनै छन् । यसपटक सबै जातजातीका भेषभुषा र नृत्यलाइ पनि प्राथमिकतामा राखिएको कुरा अध्यक्ष खुश्बु नेउपानेले बताउनुभयो । नेपाली हिन्दुहरुको सबैभन्दा ठुलो चाड भएकाले पनि सबैजना संगै मीलेर दशैं मनाऔं भन्ने आसयका साथ मनाउन लागीएको दशैं कार्यक्रममा क्यानबेरा तथा क्विनबियन सबैलाइ उपस्थितिका लागी अनुरोध गरिएको छ । यसपटक साउथ एसिएन एसोसिएशनका साथिहरुले पनि कार्यक्रममा सहभागीता जनाउनेकुरा पनि अध्यक्ष नेउपानेले बताउनुभयो ।
मेहफिर होम्सले मुख्य प्रायोजन गरेको कार्यक्रममा गोल्ड स्पोन्सर सन्नि होम्स र सिल्भर स्पोन्सर हिमालयन बिजनेस रहेका छन् । कार्यक्रमलाइ जेबि एजुकेशन, एसएण्डएस एकाउन्टिगं, ट्राडिसनल कर्भस, मुस्तागं नेपलिज रेष्टुरेन्ट, बीएमडब्लू र एभरेष्ट टुर्स एण्ड ट्राभल्सले स्पोन्सर गरेका छन् । अन्य सहयोगी संघ संस्थाहरुमा एनआरएनए एसिटि, सिएनभिसि, सिएएफसि र सिएनसिसि रहेका छन् । कार्यक्रम २० सेप्टेम्बर २०१९ शुक्रवारका दिन वेष्टर्नक्रिक नेवरहुड हल वेष्टर्नक्रिकमा बेलुका ५-१० बजेसम्म हुनेछ ।
![[Tags] 5E2937BF-1413-4DDD-970D-035360FA9A02 एएनएफएस दशैं सॉंझ हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/09/5E2937BF-1413-4DDD-970D-035360FA9A02.jpeg?resize=640%2C427&ssl=1)