बिनायक अधिकारी : क्यानबेरा
बिभिन्न खेलकुदका माध्यमवाट यूबाहरुलाइ एकताबद्ध गराउने लहर चलिरहेकै बेला अष्ट्रेलियामा पहिलोचोटि नेपाली यूवाहरुले क्यानबेरामा एम्बेसी कप स्नुकर प्रतियोगिता गर्ने भएका छन् । स्नुकर खेलमा यूबाहरुको रुचि हुदाहुदै पनि प्रतियोगीतात्मक खेल नभएकाले हामीले सुरुवात गरेका हौं आयोजक कर्मा लामाले बताउनुभयो । हिमालयन बिजनेस ग्रुप मुख्य प्रायोजक रहेको एम्बेसी स्नुकर कपलाइ एनइए इभेन्ट्सले आयोजना गरेको हो ।
सेप्टेम्बर २८ र २९ तारिखका दिन काम्बा ब्रन्स क्लवमा दिनको २:१५ देखि बेलुका १० बजेसम्म हुनेछ । खेलमा गरेका गर्नका लागी १४ सेप्टेम्बर सम्म मिति तोकिएको छ भने दर्ता शुल्क $५० रहेको छ । स्नुकर कपमा दर्शकका लागी भने निःशुल्क प्रवेसको ब्यवस्था रहेको छ ।
मिति : २८-२९ सेप्टेम्बर२०१९
समय : दिनको २:१५ देखि १० बजे सम्म
स्थान : काम्बा ब्रन्स क्लव (२८ केट स्ट्रिट काम्बा)
![[Tags] 8D3C5BA5-070C-497B-A83D-E128CE031A5C अष्ट्रेलियामा पहिलो नेपाली स्नुकर प्रतियोगिता क्यानबेरामा हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/09/8D3C5BA5-070C-497B-A83D-E128CE031A5C.jpeg?resize=640%2C427&ssl=1)