२१ फेब्रुअरी, २०२१
अष्ट्रेलियाको राजधानी क्यानबेरामा तामाङ सोसाइटिले उल्लासमयरूपमा लोसार मनाएको छ । क्यानबेराको ब्याल्क माउन्टेन पेनसुलमा आयोजित भेटघाट तथा लोसार उत्सवको सभापतित्व क्यााबेरा तामाङ सोसाईटीका अध्यक्ष राजु तमाङले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम महेश राज दाहाल हुनुहुन्थ्यो । वहाँले: नेपालको एकिकरण र एकतामा तमाङ समुदायको अति महत्वपूर्ण भूमिका रहदै आएको छ । यो समुदायको वीर गाथा र सम्वृद्व सांसकृतिक पहिचानलाई देश र विदेशमा प्रचार प्रसार गर्न सकेमा हाम्रो भाषा र संस्कृतिलाई भोलिका पिढिले पछ्याउने छन अत: हामीले नेपाली भाषाका अलवा नेपालमा बोलिने मातृभाषाको विकास र विस्तारमा समेत ध्यान दिनु पर्छ ।
कार्यक्रममा तमागं सोसाइटी न्यूसाउथवेल्थ राज्यका सभापति दोर्जेमनि तमाङले क्यानबेराका विद्वत वर्गका साथ लोसार मनाउन पाएकोमा हर्ष व्यक्त गर्दै क्यानबेरा तामाङ सोसाइटीलाइ धन्यवाद दिनु भयो । सोसाइटीका सल्लाहकार डा. कृष्ण हमाल ले नेपाली समुदाय ४ वर्ण ३६ जातको फूलवारी हो र यस भित्रको सुन्दर र सुगन्धित फूलमा पर्दछ तमाङ समुदाय भन्दै हाम्रो सद्भाव र भाईचारबाट सवै जात र जनजातीको भेष भाषाको विकास गराउनु पर्छ भन्नु भयो । समारोहमा तामाङ सोसाइटी एनएसडव्लु पूर्व सभापति तथा सल्लाहकार ,NRNAA NSW का अभियान्ता तथा गितकार दिल तमाङ र क्यानबेराका युवा कलाकार शुनिल गुरूङले कला प्रर्दशन गर्दै सहभागीहरूलाई मनोरन्जन दिलाएका थिए । डम्फू र तमाङ भेषभूषामा सजिएका युवा यूवतीहरूको सामुहिक नाचगानलाई अति चासो र रमाइलोका साथ स्थानिय अष्ट्रेलियनले अवलोकन गरेका थिए । क्यानबेराका नेपाली समुदाय NRNA का उपाध्यक्ष चुडामणिा सापकोटा, ANFS का अध्यक्ष आदर्शजंग पाण्डे, CNFC का अध्यक्ष सुरज पौडेल, RNCF का अध्यक्ष शुसिल पोखरेल, सनातन समाजका अध्यक्ष सन्तोष मल्ल र अन्य वुद्विजिवी तथा नेपाली समुदायको उल्लेख्य सहभागिताका विच सो समारोह सम्पन्न भएको थियो । पानसमा वत्ती र भगवान बुद्धको पूजा आरधनाबाट सुरूभएको सो कार्यक्रमको संचालन जास्मिन दाहालले गर्नु भएको थियो ।
![[Tags] F07AFEDB-8837-4380-AB44-0002FC1E2C9E-1024x473 क्यानबेरामा लोसार मनाइयो : संस्कृति बचाउन पहल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/02/F07AFEDB-8837-4380-AB44-0002FC1E2C9E.jpeg?resize=640%2C296&ssl=1)
![[Tags] F07AFEDB-8837-4380-AB44-0002FC1E2C9E-1024x473 क्यानबेरामा लोसार मनाइयो : संस्कृति बचाउन पहल ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/02/32C6AC65-132E-43DE-836E-3A487C799C29.jpeg?resize=640%2C369&ssl=1)