बिनायक अधिकारी; क्यानबेरा

अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको बुद्ध नेपलिज क्रिकेट क्लवको साधारण सभा सम्पन्न भएको छ । २५ जुलाइ २०२१ का दिन सम्पन्न साधारण सभाले कृष्ण सुबेदीको अध्यक्षतामा नयॉं कार्यसमिति चयन गरेको छ ।

क्लवलाइ आर्थिक मजबुत बनाउनुका साथै इन्टर स्टेटका खेलहरु संचालन गरि नयॉं उचाइमा पुर्याउनु आफनो प्रमुख उद्देश्य रहेको कुरा नव निर्वाचित अध्यक्ष सुबेदिले मेरो कपुरी क संगको कुराकानीमा बताउनुभयो । नयॉं कार्यसमिति निम्नानुसार रहेको छ ।
अध्यक्ष – कृष्ण सुवेदी
उपाध्यक्ष -बिकल शाही
सचिव – पवन साह
कोषाध्यक्ष – गोविन्द खरेल
जनसंपर्क अधिकृत- मन्दिप खरेल
सदस्य – युबी बराल
सदस्य – विशाल बस्नेत
सदस्य – क्लव कप्तान
त्यस्तै सल्लाहकारमा निवर्तमान अध्यक्ष प्रेम चौधरि रहनुभएको छ ।

साथै क्लवले नयॉं खेलाडीहरु राखी अझै मजबुत बनाउन लागी रहेको छ । क्लवले स्थानिय स्तरमा हुने खेल खेलिरहेको र अन्य स्टेटमा हुने खेलहरुमा पनि आफनो क्लव भाग लिने बताएको छ । साधारणसभा वेष्टर्न क्रिक कम्यूनिटि हलमा २५ जुलाइ आइतबारका दिन सम्पन्न भएको थियो । नव निर्वाचित टिमलाइ मेरो कपुरी क को शुभकामना ।

Total Page Visits: - Today Page Visits:
Shares