बिनायक अधिकारी; क्यानबेरा ।

अष्ट्रेलियाको राजधानि क्यानबेरामा तिज घन्कने भएको छ । बिशेषत हिन्दु नारीहरुको बिशेष चाड तीजको अवसर पारेर परदेशी इभेन्ट्स क्यानबेराले कार्यक्रम गर्न लागेको हो । कोरोनाको कहरमा घरमै बसेर तिजको रहर मार्न नपरोस भनेर हामीले यो कार्यक्रम गर्न लागेका हौं । सबै दिदि बहिनिहरु एकै ठॉंउमा बसेर तीज मनाउने अवसर दिन पॉंउदा हामी खुसी छौं परदेशी इभेन्ट्सका राजीब सापकोटाले मेरो कपुरी क संग बताउनुभयो । कार्यक्रममा तीज गीत सहित लोकप्रिय कलाकारद्वारा नेपाली ठेट लोक दोहोरी लाइभ पनि हुनेछ ।
सक्सेस एजुकेशन एण्ड भिजा सर्भिसेजको प्रायोजनमा हुन् लागेको तीज धमाकाको सह प्रायोजन राइट्स एण्ड एसोसियट्सले गर्न लागेको हो । कार्यक्रमलाइ हिमालयन बुचर एण्ड ग्रोसरिज, लेकसाइड बिस्ट्रो, जेबी एजुकेशन एण्ड माइग्रेसन, कोकोन एजुकेशन, नर्स एड, ड्रेसिगं पार्टनर ट्रेडिसनल कर्भ रहेका छन् भने साउण्ड प्रायोजन काठमाडौं साउण्ड र मिडिया पार्टनरमा मेरो कपुरी क रहेका छन् त्यस्तै ब्यूटि पार्टनरमा काठमाडौं ब्यूटि एण्ड सलुन रहेको छ । आयोजनामा कार्यक्रम २८ अगष्ट सनिवारका दिन बेलुका ५ बजेदेखि लेकसाइड रेष्ट्रो किंग्स्टनमा हुनेछ । कार्यक्रममा क्यानबेराका लोकप्रिय डिजे सन्दिप नेउपाने उर्फ डिजे मन्त्रले मजाले नचाउनेछन् भने लेकसाइड रेष्ट्रोको मिठो खाना रहनेछ । तिजका रमाइलोका लागी यहॉंहरुले मात्रै $३५ तिर्नुपर्नेछ भने खाना निशुल्क रहेको छ । टिकटका लागी 0450003766 0431144071, 0410846593  सम्पर्क गर्न सक्नुहुनेछ ।

Total Page Visits: 1970 - Today Page Visits: 2
Shares