क्यानबेरा सरकारले लकडाउनको सूचना जारी गरे संगै उलवोर्थ, कोल्स र अल्डि लगाएतका ग्रोसरि सपिंग सेन्टरमा भिड़ बढेको छ । क्यानबेरामा एक जनामा कोभिड पोजेटिभ देखिए संगै मानिसहरु खाध्यान्न सन्चित गर्न लागी परेका हुन । मानिसहरुलाइ खाध्यान्न भन्दापनि ट्वाइलेट पेपरका पोका बढि किनेको देखिएको छ ।
आज सॉंझ ५:३० बजेदेखि एक हप्पाताको लागी क्यानबेरा लकडाउन भएको छ । यसबाट पार्टि गर्न, पारिबारिक भेटघाट गर्न एक हप्ताको लागी रोक लगाएको छ । तर अत्यावश्यक सामाग्री खरिद गर्न जानका लागी भने १२ बर्ष भन्दा माथिका सबैले मास्क लगाउन अनिबार्य गरिएको छ । सरकारले स्कुल र चाइल्ड केयर खुल्ने जनाएको छ । घरमा बसेर काम गर्न नमील्नेहरुका लागी बच्चाहरु स्कुल पठाउनुपर्ने भएको हुनाले पनि स्कुलहरु संचालन हुनेछन् भने कलेजहरु बन्द रहनेछन् । सर्वसाधारण सबैकालागी बस सेवा भने संचालन हुनेछ । रेष्टुरेन्टहरु टेकअवे का लागी मात्रै संचालन गर्न पाइनेछ । जीम हल, स्पोर्ट्स हल र ग्राउण्डबेस खेलहरु सबै बन्द हुने कुरा क्यानबेरा सरकारले जनाएको छ ।
थप जानकारिका लागी तल उल्लेखित पेजमा हेर्न सक्नु हुनेछ ।

https://www.covid19.act.gov.au/act-status-and-response/lockdown

Pic : the canberra times

Total Page Visits: 2714 - Today Page Visits: 2
Shares