बिनायक अधिकारी

अस्ट्रेलियाको राजधानी क्यानबेरामा कोभिडका बिरामी बढे संगै एसिटि सरकारले एक हप्ताका लागी लकडाउन गरेको छ । कोभिडका बिरामीको संख्या बढे संगै लकडाउन अझै बढ्ने निश्चित प्राय छ । लकडाउन बिदाको अवस्था र यसबाट क्यानबेरामा रहेका नेपालीलाइ पर्न सक्ने प्रभावलाइ मध्यनजर गर्दै एनआरएनए एसिटिको संयोजकत्वमा बिभिन्न संघ संस्थाहरु मिलेर हेल्पलाइन सुरु भएको छ ।
हेल्पलाइनले बिभिन्न जनचेतना संगै नेपाली समुदाय तथा बिध्यार्थीहरुलाइ पर्न सक्ने अत्यावश्यक सेवा चाहिए सहयोग गर्ने छ । हेलपलाइनमा एनआरएनए लगाएत एएनएफएस, सिएनएफसी, फेन्का लगाएत अन्य क्यानबेराका संस्थाहरु संलग्न रहेका छन् ।
यस हेल्पलाइनका बारेमा मेरो कपुरी क ले एनआरएनए एसिटिका नव निर्बाचित संयोजक अशोक बस्नेत संग कुरा गरेको थियो । उहॉंले हाम्रो उद्धेश्य भनेको सबै संघ संस्था र ब्यक्तिहरु मिलेर काम गर्दा समस्यामा परेका मानिसहरुलाइ सहयोग गर्न सजिलो हुनाले हामी सबै एकजुट रहेको बताउनु भयो र छिट्टै समस्याको अवस्था हरुलाइ के कस्तो सहयोग गर्न सकिन्छ त्यसका बारेमा पनि संस्थाहरु बिचसछलफल चलिरहेको बताउनु भयो । यसले सबै संघहरुको उद्धेश्य र सहयोगको प्रकृति एकै रहने हुनाले सहयोग पाउनेहरुलाइ पनि सहज हुने बताउनु भयो । कोभिड लकडाउन र यसबाट परेको प्रभाव र समस्याका बारेमा “क्लवहाउस” बाट पनि दिनहुँ बेलुका ८ बजेदेखि ९ बजेसम्म क्यानबेरा डायरीबाट सल्लाह र अपडेट भइरहेको छ ।

Total Page Visits: - Today Page Visits:
Shares