प्रवासमा रहेर नेपाली क्रिकेटमा सक्रिय रहेको क्यानबेरा नेपलिज क्रिकेट क्लव (सिएनसिसि) को साधारणसभा सम्पन्न भएको छ । अष्ट्रेलियाको राजधानि क्यानबेरा नेपाली समाजमा पहिलो क्रिकेट क्लवको रुपमा स्थापना भएको क्लवले लोकल र इन्टर स्टेट तहमा हुने खेलहरुमा सहभागीता जनाउदै आइरहेको छ ।
![[Tags] IMG_4623 सिनसिसिको साधारण सभा सम्पन्न : अध्यक्षमा अधिकारी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/09/IMG_4623.png?resize=267%2C189&ssl=1)
क्लवले लकडाउनले गर्दा प्रत्यक्ष रुपमा भेट गर्न नसकिने अवस्था रहेपछि केहि समय अघि जुम मार्फत साधारणसभा सम्पन्न गरेको थिय । साधारण सभाले बार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिबेदन पास सहित नयॉं कार्यसमिति चयन गरेको छ ।
समिति निम्नुसार रहेको छ ।
अध्यक्ष: समीर अधिकारी
उपाध्यक्ष: अजय लामा
सचिव: उस्मा इलाही
कोषाध्यक्ष: संजय भट्ट
क्लब डेभलपमेन्ट म्यानेजर : क्षितिज बस्नेत
सदस्यहरु:
यम प्रसाइं
आशिष देवकोटा
सन्दीप ढकाल
भुवन उप्रेती
प्रदिप भट्टराइ र
नितेश नेपाल रहनुभएको क्लवले जनाएको छ । मेरो कपुरी क को तर्फवाट नयॉं कार्यसमितिलाइ सफल कार्यकालको शुभकामना ।
![[Tags] IMG_4623 सिनसिसिको साधारण सभा सम्पन्न : अध्यक्षमा अधिकारी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/08/C33E619C-8619-44F0-A93E-371AC0D89039.jpeg?resize=640%2C360&ssl=1)