हामीलाइ समाजले के दियो भन्दा पनि समाजलाइ हामीले के दियौं भन्ने कुरा महत्वपूर्ण हुन्छ भन्ने कुरा यस्तै सम्मानबाट प्रष्ट हुन्छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेर निरन्तर आफनो ज्ञान र उपयुक्त समय समाजमा खर्चनुभएका ब्यक्तित्वहरुलाइ यसपटक एनआरएनए अष्ट्रेलियाले सम्मान गरेको छ ।
एनआरएनए अष्ट्रेलियाको सम्मानका हकदार रहनुभएका क्यानबेराका ब्यक्तित्वहरुमा डा. प्रेमजंग थापा, डा दुर्गादत्त कणेंल र आशीष सापकोटा रहनुभएको छ । डा. थापा प्रेसीडेन्ट अवार्ड २०२१ बाट सम्मानित हुनुभएको हो त्यस्तै डा दुर्गादत्त कणेंल लाइ एनआरएनए अष्ट्रेलियाले प्याट्रनमा नोमिनेसन गरेको छ भने आशीष सापकोटा स्टेट पर्सन अफ दि इएर २०२१ बाट सम्मानित हुनुभएको छ । उहॉंहरु तिनैजना लामो समयदेखि क्यानबेराका बिभिन्न सामाजिक गतिविधिमा सक्रिय रुपमा संलग्न रहँदै आउनु भएको छ ।
एनआरएनए र एनआरएनए अष्ट्रेलियाको अभीयानमा एसिटिबाट सक्रिय सहभागिता रहेको कुरामा आफु खुसी रहेको र यस्तै सहभागीता रहिरहने अपेक्षा रहेको कुरा एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारिले मेरो कपुरी कलाइ बताउनुभएको छ । उहॉंले क्यानबेरा सहित बिभिन्न अवार्डवाट सम्मानित अष्ट्रेलियाका सबै ब्यक्तित्वहरुलाइ बधाइ तथा शुभकामना दिनुभएको छ ।

Total Page Visits: 1080 - Today Page Visits: 1
Shares