बिनायक अधिकारी, क्यानबेरा
नेपालको ललितपुर जिल्ला टिकाथलिमा बुवा श्याम बहादुर र आमा गंगा खत्रीको कोखबाट २०३७ सालमा जन्मनु भएका अनिल खत्रीलाइ केक बनाउने सिपले अष्ट्रेलिया ल्याइपुर्याएको छ । सानैदखि मिलनसार स्वभावका खत्री कामका सिलसिलामा काठमाडौं रहदॉं अन्नपूर्ण होटलमा केक बनाउन सुरु गर्नुभएको हो ।
![[Tags] 7C063E96-343A-4E18-A966-49FE793CB1A7 केक बनाउदैं काठमाडौं बाट क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/10/7C063E96-343A-4E18-A966-49FE793CB1A7.jpeg?resize=480%2C640&ssl=1)
कामकै क्रममा अष्ट्रेलियाको सपना देखेपछि उहॉं ४९१ भीजा मार्फत अष्ट्रेलिया आउनुभएको हो । उहॉंले काम गर्न थालेदेखि आजसम्म जीवनका झण्डै २० बर्ष बिभिन्न कलाका केक बनाएर बिताउनु भएको छ । केक बनाउदा भने बिभिन्न किसिमका संस्मरण सुनाउदै पुरुषका लिंग, महिलाका योनि र स्तन आकारका केक पनि अर्डर आउने र आफुले बनाएको अनुभव सुनाउनु भयो । यसै केक बनाउदै आफुलाइ परिबार पाल्न पनि समस्या नरहेको बताउदै खत्रीले हातमा सिप भएको मानिस खान नपाएर नमर्ने र यस क्षेत्रमा धैर्यता, इमान्दारिता र इच्छासक्ति भने अत्यन्तै आवस्यक रहेको बताउनु हुन्छ । यो क्षेत्रमा अहिले पनि दक्ष जनसक्तिको अभाव रहेको बताउदैं नयॉं नेपाली भाइ बहिनिहरुलाइ धैर्य गरेर सिप सिक्न मन छ भने आफुले जानेको सिप सिकाउन सदैव तयार रहेको र सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ ।
![[Tags] 7C063E96-343A-4E18-A966-49FE793CB1A7 केक बनाउदैं काठमाडौं बाट क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/10/74D61BAF-1129-414F-B5A2-985E3E72C28D.jpeg?resize=640%2C853&ssl=1)
पछिल्ला बर्षहरुमा नेपालीबाट थुप्रै केक बनाउने अर्डर आएको सुनाउदै आफुले बनाएका केकमा सबैजना खुसी रहेको र त्यहि नेपालीको खुसीले अन्य देशका मानिसहरु पनि केक बनाइदिन अनुरोध आउने गरेको खत्रीले सुनाउनुभयो । नेपाल, भारत, वंगालादेश बाट आएका मानिस र थुप्रै अष्ट्रेलियनहरु आफना ग्राहक रहेको बताउदै कोरोनाले गर्दा ब्यापार आधा कम भएको सुनाउनु भयो । कहिलेकॉंहि राम्रो सोचेर गरेका कामले नराम्रो प्रतिक्रिया आउदा भने मन खिन्न रहने बताउदै खत्रीले २०११ सालको दशैंमा आफुले नेपाली समाज क्यानबेराका लागी नेपालको झण्डा भएको केक बनाएको र पछि केक काट्दा झण्डा काटिएपछि फेसबुकमा नकारात्मक प्रतिक्रिया आएको देख्दा मन खिन्न भयो । आफनो मनसाय नेपालको झण्डा काट्ने नभइ केकमा नेपाल झल्काएको मात्रै हो तर कुराले अर्कै मोड लियो । नेपाल त हाम्रो मनमा छ, आमा प्रदेश उस्तै हो तर कहिलेकॉंहि सबैको बिचारले मेल खॉंदैन अनि यस्तै कुराले हिजोआज यस्ता कुरामा भने डर लाग्ने तर अर्डर आउदा भने सबै कुरा बनाउने कुरा पनि मेरो कपुरी क संगको कुराकानिमा बताउनु भयो ।
![[Tags] 7C063E96-343A-4E18-A966-49FE793CB1A7 केक बनाउदैं काठमाडौं बाट क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/10/04147D9A-B66D-4D9C-9FFB-E9639A28613E.jpeg?resize=640%2C477&ssl=1)
हाल पार्टनरसिपमा काम गरिरहनुभएका खत्रीले अव छिट्टै आफनै केक सप खोल्ने योजना रहेको पनि बताउनु भयो । दुइछोराका पिता खत्रीलाइ काममा धेर थोरै सहयोग श्रीमतिले गर्ने भएकाले आफुलाइ थप सहयोग भएको बताउनु भयो । ग्राहकहरुले जस्तो चित्र पठायो उस्तै चित्र कोर्न सक्ने अनिल खत्रि क्यानबेरा र क्विनबियनको चिरपरिचित नाम हो । हाल उहॉं न्यू साउथ वेल्स राज्यको क्विनबियनमा बसोबास गर्दै आउनुभएको छ भने छिट्टै राजधानी क्यानबेरा नयॉं योजनाका साथ सर्ने योजनामा हुनुहुन्छ । मेरो कपुरी क उहॉंको उज्ज्वल भविष्यको कामना गर्दछ ।
![[Tags] 7C063E96-343A-4E18-A966-49FE793CB1A7 केक बनाउदैं काठमाडौं बाट क्यानबेरा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/10/F0B6DCA8-DE7E-40D1-98FC-00C555BD5CCB.jpeg?resize=640%2C479&ssl=1)