आफनो भाषा धर्म र संस्कृति जहॉं गए पनि र जहॉं रहे पनि रहिरहनेछ तर त्यसका लागी जोगाउने प्रयास भने हुनुपर्दछ । आफनो संस्कृति जगेर्ना पनि हुने र समाजका लागी आर्थीक संकलन पनि हुने उद्धेश्यले सनातन समाज अष्ट्रेलियाले बार्षिक कार्यक्रम अन्तर्गत यो बर्ष देउसीभैलो कार्यक्रम गर्ने जानकारी कार्यक्रम संयोजक गोमा उप्रेतीले दिनुभएको छ ।
यस बर्ष बेमौसमको बर्षाका कारणले बर्षायाममा झै तराईका बिभिन्न क्षेत्र हरु बाढी को चपेटामा परी जनजीवन नै अस्तव्यस्त बनेको छ। विदेशमा रहेर स्वदेशी नेपाली जनको पिडामा सानै भएपनि मलहम लगाउने प्रयास स्वरूप यस देउसी भैलो कार्यक्रम बाट उठ्ने रकम बाढि पिडित हरुको लागी सहयोग को लागी नेपाल पठाउने सनातन समाज अस्ट्रेलियाले जानकारी गराएको छ ।
समाजले यस पवित्र कार्यमा सम्पूर्ण क्यानबेरा तथा क्विनबियन बासी नेपालीहरुलाइ कार्यक्रममा उपस्थित भइ सकेको सहयोग गरिदिन पनि समाजले आग्रह गरेको छ । समाजले सबैजनाको उपस्थिति र सहयोग अत्यन्तै महत्वपूर्ण हुने जनाउदै पवित्र कार्यमा हातेमालो गर्न सबै सहयोगी मनहरुलाइ अनुरोध गरेको छ । कार्यक्रम तल उल्लेखित बमोजिम रहेको छ ।
मिति: 5th November 2021,
समय: 4 to 8 pm
स्थान: city(proper location will be announced soon.)
देउसी भैलो संयोजक टिम
गोमा उप्रेती :- ०४५०२४७०९९
शुशिल पोखरेल:- ०४५२३४५९६३
बासुदेव ढकाल :- ०४१०६८३४५०
साथै सनातन समाज
अष्टेलिया।