सनातन समाज अष्टेलियाले बार्षिक कार्यक्रम अन्तर्गत यो बर्षको देउसीभैलो कार्यक्रम अत्यन्त सभ्य र भव्य रुपमा सुसम्पन्न भएको जनाएको छ । मौषम खरावीको कारणले पुर्वनिर्धारित स्थानवाट आकस्मिक रुपमा कार्यक्रम स्थान परिवर्तित हुदा समेत राम्यरो उपस्थितिले कार्यक्रम सफल हुन सकेको हो संयोजक गोमा उप्रेतीले बताउनुभयो । उहॉंले विविध कारणवस् यहाहरुले भौतिक रूपमा उपस्थित हुन नसकी कार्यक्रम सफलताको शुभेक्षा सहित नैतिक समर्थन जनाउनुहुने सबै महानुभावहरु धन्यवाद दिनुभएको छ ।कार्यक्रमका सभापति सन्तोष मल्ल, प्रमुख अतिथी कार्यवाहक राजदूत दुरपदा सापकोटा र बिशेष अतिथीहरु तल उल्लेखित रहनुभएको थियो ।

  1. Dipak Raj Gupta (Labour leader,former MLA )
  2. Amer deep singh, (liberal leader act )
  3. Kammy Singh (Labour leader, QBN
  4. साथै निर्मल भट्टराई र यादव कोईरालाको उपस्थिती अत्यन्तै महत्वपूर्ण रहेको थियो।

कार्यक्रममा लोकदोहोरी प्रतिष्ठानका विक्रम शर्मा र उहाहरूका टिमको प्रत्यक्ष दोहोरीको लागी मुरीमुरी धन्यवाद टक्राउदै कार्यक्रमलाई अझ रौनकता थपी हाम्रा अतिथी ज्यूको सुन्दर नृत्य र निर्मल भट्टराईको गितले हल गुनजयामान वनाउनुभएको थियो भने मिठामिठा प्रस्तुती दिनूहुने भाईवैनिहरु रागवी, स्यारोन, प्रकाश, कृष्ण, रोसनी, हेमलता, सिर्जना र रुपक लगायत समाजले आभार प्रकट गरेको छ ।

कार्यक्रम लाई मुर्तरुप दिन सुरुदेखि अन्त्यसम्म सल्लाहकारको भुमिका निर्वाह गर्नुहुने डा. कृष्ण हमाल ज्यू, राजन ढुंग्गेल ज्यू र राजु पाठक ज्यू प्रति समाज कृतज्ञ रहेको जनाएको छ ।

संयोजक टिमले यस देउसी भैलो वाट उठेको रकम सकेसम्म छिटो बाढीपीडीत सम्म पुर्याउने घोषणा गर्दै पवित्र कार्यमा सहयोग गर्नुहुने सबैलाई एकमुष्ट धन्यवाद प्रदान गरेको छ ।

देउसी भैलो संयोजक टिम
गोमा उप्रेती
शुशिल पोखरेल
बासुदेव ढकाल
साथै सनातन समाज
सनातन समाज अस्ट्रेलिया

Total Page Visits: 1229 - Today Page Visits: 1
Shares