लमजुगं जिल्लाको सुन्दरबजार नगरपालिका ९ को भोटेवडारमा स्थापना भएको सिर्जनात्मक साकोसले कार्तिक २७ गते आफनो २५ औं बार्षिकोत्सव मनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बार्षिकोत्सवको उद्घाटन गर्दै सहकारीहरू समाजवादको आधारस्तम्भ भएको बताउनु भएको छ । उहॉंले नेपालमा सहकारीको संस्थागत थालनी ६५ वर्ष अघि भएको बताउनु भयो । उहाँले २०१३ सालमा पहिलो सहकारी संस्था स्थापना गर्ने बखानसिंह गुरुङको स्मरण गर्दै समाजवादका प्रतिपादक नेता विपीलाई बिर्सन नहुने कुरा पनि बताउनुभयो ।

8E2D7231-4A7D-4443-BF49-99D3601F972F-300x228 सिर्जनात्मक साकोस २५ बर्षमा । मुख्यमन्त्री नेपालीद्वारा उद्घाटन ।

कार्यक्रममा स्वास्थ्य मन्त्री मधु अधिकारी, बिना बिभागीय मन्त्री डोबाटे बिश्वकर्मा, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, कास्कि जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराइ, एमाले सचिवालय सदस्य भीमबहादुर गुरुङले, नकेपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारीले आफना कुराहरु राख्नुभएको थियो । डा. प्रमोद लामिछानेले आफ्नो स्कूले जीवन र चितवनमा ट्रमा सेन्टर सञ्चालनका इतिहास स्मरण गर्दै यस साकोसका सेयर धनीहरूलाई आफ्नोमा उपलब्ध हुने उपचार सेवामा आफूले १५ देखि २० प्रतिशत अनुदान दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।सोही सहकारी संस्थाका अध्यक्ष रामजी कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरबजार नगरपालिकाका उपमेयर ज्ञानु शाह, जिल्ला सहकारी संघका अध्यक्ष विजय गुरुङ, सुन्दरबजार बृहत खानेपानी आयोजनाका अध्यक्ष प्रेम जिसी लगायतले शुभकामना दिनु भएको उक्त कार्यक्रममा संस्थाका सहउपाध्यक्ष केशवराज अधिकारीले स्वागत, सचिव मेमबहादुर घलेले कार्यक्रम सञ्चालन गर्नुका साथै प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

8E2D7231-4A7D-4443-BF49-99D3601F972F-300x228 सिर्जनात्मक साकोस २५ बर्षमा । मुख्यमन्त्री नेपालीद्वारा उद्घाटन ।

संस्थाका संस्थापक एवम् हालका सल्लाहकार हरिप्रसाद अधिकारीले स्थापनाकालीन इतिहासको स्मरण गर्दै स्थापना गर्दा आज यो अवस्थामा आउला, अर्बभन्दा बढीको कारोबार गर्ला भन्ने कल्पनासमेत नरहेको कुरा बताउनुभयो । संस्थाले गत आव– २०७७/७८ को अवधिमा कुल ८८ लाख ८६ हजार छ सय मुनाफा आर्जन गरेको र वासलात ७९ करोड ३४ लाख २२ हजार ६२ रुपैया रहेको सो सहकारीका प्रवन्धक ईन्द्रविलास सापकोटाले बताउनु भयो । उहाँका अनुसार संस्थामा चार हजार सात जना सेयर सदस्य हुनुका साथै एक अर्ब ३० करोडको कारोबार तथा ६० करोड ६० लाख ८० हजार ७० रुपैयाँ बचत संकलन भएको छ । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले सिर्जनात्मक साकोसको रजत स्मारकको अनावरण गर्नुका साथै पौने दर्जन उत्कृष्ठ बालबचतकर्ताहरूलाई पुरस्कृत गरिएको थियो । कार्यक्रम भक्ति नमुना उच्च मा बिको हलमा भएको थियो ।

8E2D7231-4A7D-4443-BF49-99D3601F972F-300x228 सिर्जनात्मक साकोस २५ बर्षमा । मुख्यमन्त्री नेपालीद्वारा उद्घाटन ।

Total Page Visits: 811 - Today Page Visits: 1
Shares