![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 यूएईलाइ हराउदै नेपाल बिश्वकपको छनोट चरणमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै वल्डकप छनोट चरणमा आफनो नाम दर्ता गर्न सफल भएको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो । खेलमा पहिलो ब्याटिगं गरेको यूएइले बिशाल लक्ष प्रस्तुत गरेको थियो तर नेपाली ब्याट्म्यानहरुपनि आफुलाइ सम्हाल्दै उच्च स्तरको खेल प्रदर्शन गरे र वल्डकप छनोट चरणमा पुर्याए ।
बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।
कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाले सम्हालिएर खेल्दै चारैजनाको अर्धशतकको मद्दतले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । दिपेन्द्र सिंह ऐरि र ललित राजबंशिले किफायती बलिंग गरेका थिए ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 यूएईलाइ हराउदै नेपाल बिश्वकपको छनोट चरणमा ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/7B50712C-5C3B-4009-B07A-85253D83F8DA.jpeg?resize=640%2C906&ssl=1)