IMG_7142-1024x100 सेन्ट जर्जले उचाल्यो नवाज कपको उपाधी ।

सिड्नी । सिड्नीको प्रतिष्ठित फुटबल प्रतियोगिताका रुपमा चिनिएको नवाज कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जर्ज क्लबले हात पारेको छ । फाइनलमा शसक्त मानिएको बेनी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै सेन्ट जर्जले उपाधि हात पारेको हो ।

दुइ महिना लामो चलेको प्रतियोगिताको फाइनल सोचे अनुरुप भने हुन सकेन । निकै प्रतिस्पर्धात्मक हुने बिश्वास गरिएपनि सेन्ट जर्जले प्रारम्भदेखिनै खेलमा पकड जमाउदै खेलमा अधिपत्य कायम गर्दै सहजै उपाधि चुमेको थियो । राष्ट्रीय टोलीका केहि अनुहार सहित मैदानमा उत्रेका दुबै टोली सुरुआतमा भने एक अर्कामा हाबी देखिएता पनि कमजोर रक्षापंक्ती र आपसी तालमेलको अभावमा बेनी उपाधिरक्षामा फीतलो साबित भएको देखिन्थ्यो । सेन्ट जर्जका तर्फवाट असिम थापाले दुइ गोल,रुप बहादुर लामाले एक गोल र सुदिप श्रेष्ठ(डार्बिन)ले एक गोल गर्दै खेल एकपक्षीय पारेका थिए ।

IMG_7142-1024x100 सेन्ट जर्जले उचाल्यो नवाज कपको उपाधी ।

यसअघिका प्रतियोगितामा हावी रहदै आएको बेनी फुटबल क्लब आपसी तालमेल र कमजोर रक्षापंक्तीका कारण दबाबमा परेको थियो । यसैको फायदा उठाउदै सेन्ट जर्जले एकपछि अर्को गोलगर्दै खेलको नतिजा सहजै आफ्नो पक्षमा पारेको थियो । प्रतियोगितामा दी राइजीङ गोर्खाले तेस्रो स्थान हात पारेको थियो । प्रतियोगितामा रुप बहादुर लामाले सर्वाधिक आठ गोल गरेर सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीको उपाधि हात पार्न सफल भए भने सेन्ट जर्जकै निश्चल ठकुरी उत्कृष्ट गोलरक्षक घोषित भए । यस्तै प्रतियोगिताको भेट्रानतर्फ माकार्थरले पारापार्कलाई पराजित गर्दै उमेर समुहको उपाधि जितेको छ । नेपाली राष्ट्रीय टोलीका पुर्व स्ट्राइकर जुमानु राईसहित मैदानमा उत्रेको पारापार्कले खेलमा कुनै चमत्कार देखाउन सकेन । फलस्वरुप उनिहरु उपविजेतामै सिमित बनेका थिए । प्रतियोगिताको समाप्तीपछि नेपालवाट पारिवारिक भेटघाटमा अस्ट्रेलिया आइपुगेका दुइ नेपाली फुटबल अभियन्ताहरु दिलीप राइ र बशन्त अर्याललाई नवाजकातर्फवाट अध्यक्ष चिरन तिवारीले सम्मान गरेका थिए ।

IMG_7142-1024x100 सेन्ट जर्जले उचाल्यो नवाज कपको उपाधी ।

कार्यक्रमको समाप्तीपछि बोल्दै एनएसडब्लु राज्यका बाणिज्यदुत सन्जिव शर्माले खेलकुद प्रतिस्पर्धा मात्र नभइ आपसी भाइचाराको पनि माध्यम भएकोले यसले अनुशासनको दायरामा राख्ने हुँदा कुलतवाट टाढा राख्न समेत मद्दत पुग्ने बिचार ब्यक्त गरे । शर्माले जुवा, लागु पदार्थजस्ता कुलतमा फसेर बिग्रनवाट बच्न खेलुकद उपयुक्त माध्यम समेत रहेको हुँंदा यस्ता प्रतिोगिताहरु महत्वपुर्ण रहेको बताए । समापन समारोहमा बोल्दै NAWS का अध्यक्ष चिरन तिवारीले NAWS Cup 2025 ले नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्ने कार्य गरेको बताउदै खेलले केवल मनोरञ्जन मात्र होइन, अनुशासन, समर्पण र सहयोगको भावना पनि विकास गर्ने बताए ।

म सबै प्रायोजक, नेपाली संघ-संस्था, समर्थक, खेलाडी, मिडियाकर्मी तथा आयोजक टोलीप्रति आभार प्रकट गर्न चाहन्छु। यो सफलताको श्रेय सबैको सामूहिक योगदानलाई जान्छ,” अध्यक्ष तिवारीले थपे।
नेपाल अस्ट्रेलियन वेलफेयर सोसाइटी(नवाज)को २५ बर्षको बिशेष उपलक्ष्यमा आयोजित प्रतियोगिताका उपाधि विजेता खेलाडीहरुलाई एनएसडब्लु राज्यका बाणिज्यदुत सन्जिव शर्मा र कम्बरल्यान्ड काउन्सिलका काउन्सिलर स्टीभ क्रिष्टीउ, एनआरएनका अध्यक्ष अनिल पोखरेल,महासचिब सन्तोष कुवर प्रायोजक मार्की होम्सका इर्शाद अहमद, एन्जा अध्यक्ष कृष्ण तिवारी,ओसेनिया संयोजक दिनेश पोखरेल, प्रतियोगिता निर्देशक डा राजु मानन्धर, तामाङ समाजका संस्थापक अरुण तामाङ, तमु समाजका अध्यक्ष हेउपती गुरुङ, एनआरएन एनएसडब्लु सचिब कल्याण खड्का,ग्रानभिल नेपाली समाजका अध्यक्ष भिम बस्नेत, एक्सपर्ट एजुकेशनका कार्यकारी मन्जित घिमिरे, एन्फाका अध्यक्ष विजय थापा, अखिल नेपाल फुटबल संघका अस्ट्रेलिया संयोजक सुवास तामाङ, एनआरएन अभियन्ता राज गुरुङ,जिएनसी अध्यक्ष राजिव प्रधान , ज्ञानक वाइवा लगायतले विजेता खेलाडीलाई पदक तथा प्रमाणपत्र बितरण गरेका थिए ।

प्रतियोगिता आयोजक समितीका संयोजक बैकुन्ठ डंगोल ले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबै संघ संस्था तथा स्वयसेवीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

IMG_7142-1024x100 सेन्ट जर्जले उचाल्यो नवाज कपको उपाधी । IMG_7142-1024x100 सेन्ट जर्जले उचाल्यो नवाज कपको उपाधी । IMG_7142-1024x100 सेन्ट जर्जले उचाल्यो नवाज कपको उपाधी ।

Total Page Visits: 4919 - Today Page Visits: 2
Shares