सिड्नी — नेपाली संगीतमा रुचि राख्नेहरुका लागी सिड्निमा बहुप्रतीक्षित TRN FEST SYDNEY 2026 शो हुने भएको छ । कार्यक्रमको पहिलो शो आधिकारिक रूपमा बिक्री भएको छ भने दर्शकहरूको अत्याधिक मागलाई ध्यानमा राख्दै दोस्रो शोको घोषणा गरेको कुरा आयोजक प्रदिप पाठकले बताउनुभएको छ । कार्यक्रममको पहिलो शो १० अप्रिल शुक्रबारका दिन र दोस्रो शो ११ सनिबारका दिन सॉंझ ७ बजेबाट हुनेछ ।
नेपाली सांगीतिक क्षेत्रमा स्थापित तथा लोकप्रिय ब्याण्ड Sabin Rai and The Pharaoh रहनेछ, जो आफ्नो ऊर्जाशील स्टेज प्रस्तुति र कालजयी गीतहरूका लागि परिचित छन् । उनीहरूसँगै Purna Rai and Daju Bhai Haru ले आफ्ना भावनात्मक गीत र मधुर धुनमार्फत दर्शकहरूको मन जित्नेछन्। साथै, ऊर्जावान ब्यान्ड The Elements ले आफ्नो फरक शैली र जोशिलो प्रस्तुति मार्फत महोत्सवलाई अझ रोमाञ्चक बनाउने प्रयास गर्नेछन् ।
आयोजकका अनुसार पहिलो शोका टिकटहरू अपेक्षा भन्दा धेरै छिटो बिक्री भएका कारण थप दर्शकलाई अवसर दिन दोस्रो शो थपिएको कुरा प्रदिप पाठकले मेरो कपुरी कलाइ बताउनु भएको छ । अहिले दोस्रो शोका लागि टिकटहरू खुला गरिएको छ र इच्छुक दर्शकहरूले अनलाइनमार्फत खरिद गर्न सक्नुहुनेछ ।
कार्यक्रम सिड्नीस्थित Roundhouse मा आयोजना हुने बताइएको छ, जहाँ चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। पोस्टर अनुसार कार्यक्रममा लोकप्रिय ब्यान्ड तथा कलाकारहरूको आकर्षक लाइनअप रहनेछ, जसले नेपाली सांगीतिक माहोललाई अन्तर्राष्ट्रिय स्तरमा झल्काउने विश्वास गरिएको छ।
टिकट बिक्रीका लागि Moshtix प्लेटफर्म प्रयोग गरिएको छ, र आयोजकले दर्शकहरूलाई समयमै टिकट सुरक्षित गर्न आग्रह गरेका छन्, किनकि दोस्रो शो पनि छिट्टै भरिने सम्भावना रहेको छ। सिड्नीमा बसोबास गर्ने नेपाली समुदायबीच यस कार्यक्रमप्रति उच्च उत्साह देखिएको छ। TRN FEST 2026 ले संगीत, संस्कृति र मनोरञ्जनको संगम प्रस्तुत गर्दै नेपाली समुदायलाई एकत्रित गराउने अपेक्षा गरिएको छ।
TRN Fest 2026 केवल एक सांगीतिक कार्यक्रम मात्र होइन, यो एक सांस्कृतिक आन्दोलन हो। यहाँ शक्तिशाली लाइभ प्रस्तुति, उत्साहजनक वातावरण, र सयौं दर्शकहरूको उपस्थितिमा संगीत, एकता र आफ्नो पहिचानको उत्सव मनाइनेछ। रक गीतदेखि आधुनिक हिटसम्म, यो महोत्सवले दर्शकलाई पुराना सम्झना र नयाँ ऊर्जा दुवै दिनेछ।
नेपाली संगीतका पुराना प्रशंसक हुन् वा नयाँ—TRN Fest 2026 यस वर्षको अनिवार्य रूपमा सहभागी हुनुपर्ने कार्यकमका रुपमा देखिएको छ । जसले हाम्रो एउटै प्रकारको दैनिकिलाइ मानसिक र शारिरिक रुपमा सन्तुलन राख्ने छ ।
![[Tags] IMG_4454-1024x683 TRN FEST SYDNEY 2026: पहिलो शो Sold Out दोस्रो शोको टिकट खुला ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2026/03/att.SN6BJhk6RAr-0KleHgDX1n8g7zK_epM8O-VOIP6wmAM.jpeg?resize=640%2C800&ssl=1)
https://m.moshtix.com.au/v2/event/trn-fest-2026-second-show/193655?skin=roundhouse
![[Tags] IMG_4454-1024x683 TRN FEST SYDNEY 2026: पहिलो शो Sold Out दोस्रो शोको टिकट खुला ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2026/03/IMG_4454.png?resize=640%2C427&ssl=1)