न्यूक्यासलमा नेपालीहरु बढे संगै कार्यक्रमहरु तिब्र रुपमा बढिरहेका छन् । सिमित हाध्यताहरुले बिदेशिएको मनमा असिमित देशको मॉंया छ अनि त्यहि मॉंयाले तान्छ नेपाली कार्यक्रमहरुमा ।
नेपाली कम्युनिटी अफ न्यूक्यासलले यहि आउने १३ तारिख बिहिबार दिनको १ बजेबाट होलि कार्यक्रम गर्ने भएको छ । हन्टर मल्टिकल्चर कम्यूनिटिज हलमा हुने कार्यक्रममा पुराना र्याप गाएक सुदिन पोखरेल, आधुनिक गायनमा चर्चित नाम एस कुमार र अहिलेकि चर्चित गायिका एलिना चौहानले कार्यक्रममा आफना चर्चित गीतहरुले मनोरन्जन प्रदान गर्नुहुनेछ । कार्यक्रममा आदेश पौडेल, समिर, सरोज, निरज, न्यू रकर्स र डिजे हृदनले दर्शक नचाउने जिम्मा लिनुभएको छ । कार्यक्रम प्रवेशिका लागी संस्थाका सदस्यहरुलाइ $१५ र सदस्य नहुनेहरुलाइ $२० शुल्क राखिएको छ भने १० बर्ष भन्दा साना वाल बालिकाहरुका लागी प्रवेश निशुल्क रहेको छ ।
कार्यक्रममा सम्पूर्ण न्यूक्यासल बासी आएर रमाइलो गरिदिन आयोजक संस्थाका अध्यक्ष बिर राइले अनुरोध गर्नुभएको छ ।
![[Tags] IMG_7142 न्यूक्यासलमा मनाउदै होलि मेला ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/03/IMG_8968.jpeg?resize=640%2C905&ssl=1)
![[Tags] IMG_7142 न्यूक्यासलमा मनाउदै होलि मेला ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_7142.gif?resize=640%2C62&ssl=1)