अष्ट्रेलियामा नेपाल महोत्सवको लहर चलिरहेको छ । अन्य स्टेटहरुमा जस्तै एडिलेडमा पनि नेपाल हाउस प्रदर्शन गर्न निर्माणको तयारी तिव्र रुपमा अगाडि बढेको छ । नेपाल महोत्सवहरुमा नेपाल हाउसको आकर्षण संगै यसमा नेपालको कला संस्कृति मात्र नभएर महत्वपुर्ण स्थलका स्वरुप नै वा तस्विरहरु राखेर नेपाललाई चिनाउने प्रयास गरिन्छ । यसले अष्ट्रेलियामा जन्मे हुर्केका मात्र हैनन, अष्ट्रेलिया रहेका पछिल्लो पुस्ताका युवाहरुलाई पनि परम्परागत बस्तुहरु देखाउन र यसबारेमा जानकारी गराउने पनि आवस्यक रहेको छ ।
नेपाल हाउस संगै नेपाली परम्परागत बाजाहरु, ढिकी, जातो, संगै हलो जुवा समेत दर्शकहरुले अवलोकन गर्न पाउने छन् । नेपालकै परिचय बोकेको धरहरा, नेपाली परम्परागत ढुङ्गेधारा, ईनार, घर, बौद्ध चैत्य, मन्दिर स्वरुप समेत निर्माण गरिएको छ । काठमाडौंको महत्वपुर्ण कुमारी, एक सिङ्गे गैडा र विशेष प्रयासबाट नेपालबाट झिकाईएको रथ देखि विभिन्न नेपालका सांस्कृतिक पोशाकहरु समेत प्रदर्शन हुनेछन्। नेपाली पंचे बाजा, मौलिक बाजा सहित सांस्कृतिक बस्तुहरु प्रदर्शनीमा रहनेछन् ।
कार्यक्रमको साँझ नेपाली सांगीतिक चर्चित ब्यान्ड “कन्दरा” र चर्तीत तथा लोकप्रिय गायक शिव परियार र गायीका समीक्षा अधिकारी लगायत नेपालका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्। भने राति ९.३० बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने कार्यक्रम रहेको छ । यस पटकको नेपाल महोत्सवमा १० हजार भन्दा बढी सहभागी हुने अपेक्षा आयोजकको रहेको छ । कार्यक्रम ९ मार्च २०२५ का दिन इल्डर पार्कमा हुनेछ ।
![[Tags] IMG_7142 एडिलेडको नेपाल फोष्टिवलमा बिशेष प्रदर्शनी : के रहेछ हेर्नुहोस ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/03/IMG_8965.jpeg?resize=640%2C905&ssl=1)
![[Tags] IMG_7142 एडिलेडको नेपाल फोष्टिवलमा बिशेष प्रदर्शनी : के रहेछ हेर्नुहोस ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/03/IMG_8962.jpeg?resize=640%2C351&ssl=1)
![[Tags] IMG_7142 एडिलेडको नेपाल फोष्टिवलमा बिशेष प्रदर्शनी : के रहेछ हेर्नुहोस ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_7142.gif?resize=640%2C62&ssl=1)