IMG_7142 नेपाल फेस्टिवलको तयारी पुरा । के छ बिशेष यसपटक पढौं बिशेष कुरा ।क्यानबेरामा हुने नेपाल फेष्टिवलको सबै तयारी पुरा भएको आयोजक संस्था एनआरएनए एसिटिका संयोजक बिक्रम सुबेदिले बताउनुभएको छ । उहॉंले सबै तयारी पुरै भइसकेको र अव सबै आगन्तुकहरुलाइ स्वागत गर्न मात्रै बॉंकि रहेको बताउनुभएको छ । उहॉंले परेडमा झांकि, कुमारी रथ यात्रा र पन्चेबाजाको धुनले सजिने बताउदै नेपाल हाउसको बिशेष आकर्षण रहने जानकारी दिनुभएको हो । यसपटक नेपाल फेष्टिवल क्यानबेराको प्रायोजन अजी फाइनान्स एण्ड होम लोनले गरेको छ ।

IMG_7142 नेपाल फेस्टिवलको तयारी पुरा । के छ बिशेष यसपटक पढौं बिशेष कुरा ।

प्रमुख, बिशिष्ट तथा सामाजिक संघसॅंस्थाहरुलाई निम्तो पठाईसकिएको । नेपाल राजदुताबाससॅंग सहकार्य गरि नेपाल हाउस बनाउने र नेपाललाई पर्यटनस्थलको रुपमा चिनाउन बिभिन्न प्रदर्शनि हुने र परेड तथा झांकी, सॅास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको बतॉंउनुभएको हो । कार्यक्रमका चुनौतिहरुले अझै कार्यक्रम भनेजस्तो बनाउन नसकिएको भन्दै स्थानिय सरकारबाट ग्रान्ट तथा फाईनान्सिल सहयोग नहुंदा कार्यक्रम गर्न गार्हो रहेको र नेपाली समाजका व्याबसायीहरुको प्रायोजन र सहयोगमा सम्पूर्ण कार्यक्रमको बजेट तयार गर्नु परेको जानकारि दिनुभएको हो । उहॉंले कार्यक्रमका लागी स्वयसेवीहरुको कमी, ब्याक्तिगत आकांक्षा परिपुर्तीका खातिर स्वयंसेवी बन्न खोज्नेहरुको ईच्छाहरु पुर्ति गर्न नसक्नु पनि समस्या रहेको बताउनुभयो ।

IMG_7142 नेपाल फेस्टिवलको तयारी पुरा । के छ बिशेष यसपटक पढौं बिशेष कुरा ।

क्यानबेरा क्षेत्र वरिपरि रहेका सबै नेपालीलाई नेपाली कला सॅंस्कृतीको नेपाली खाना र परिकारहरुको स्वाद लिन र नेपाल भेट्न निम्तोका साथै बहुसांस्कृतिक समुदायलई पनि नेपाल र नेपालीपन झल्कने कार्यक्रममा खुल्ला निम्तो र सहभागी हुन र गराउन आब्हान् गरिएको पनि जानकारि दिनुभएको छ । सुबेदिले बिगत तीन महिनादेखी यस कार्यक्रमलाई सफल बनाउन लागी पर्नुभएकालाई हृदयत धन्यबाद र अझै जुझारु भएर लाग्न आव्ह्वान गर्दै स्वयंसेवा गर्न ईच्छुकहरुलाई कार्यक्रमस्थल स्टेज ८८, कमनवेल्द पार्कमा मार्च २१,२२ र २३ मा उपस्थित भई सहयोग गरिदिनुहुन आग्रह गर्नुभएको छ ।

नेपाल फेस्टिवलमा बिहान १०:०० बजेबाट परेड हुनेछ । परेडमा संयोजक कृष्ण सुबेदिका अनुसार एकहजार भन्दा धेरै नेपालीहरु को भिडले परेडको रौनकता देखाउने बताउदै सबै संघ संस्था सहित जात जातीका भेषभुषा र बिभिन्न झॉंकिहरुले नेपाल चिनाउन मद्धत गर्ने बताउनुभएको छ । उहॉंले गरिमा प्लेसबाट क्यासिनोको छेउ हुदै पार्क वे को ओभरहेड पुल हुदै कमनवेल्थ पार्कमा आएर टुंगिने कुरा बताउनुभएको छ ।

फेष्टिवलमा बालबालिकाहरुका लागी बिशेष खेल्ने स्थान हुने छ भने नृत्य, गीत संगीत र साहित्यको बेजोड संयोजन हुनेछ । कार्यक्रममा नेपालका चर्चित गायक शिव परियार, गायिका समिक्षा अधिकारी र कन्दरा ब्याण्डले आफना प्रस्तुति दिनुहुनेछ । क्यानबेराकै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति पनि थप आकर्षण हुनेछ । जे होस क्यानबेरामा हुन लागेको नेपाल फेष्टिवल हामी सबै मिलेर भब्य र सभ्य बनॉंउ । जसले गर्दा हामी नेपाली र नेपाल चिनाउने अवसरबाट बन्चित हुन नपरोस । हामीले बिदेशिहरुलाइ हाम्रो संस्कृति, संस्कार, रहनसहन र शालीनता देखाउने बेला यहि हो आउनुहोस हामी सबै मिलेर नेपाल फेष्टिवल सफल बनाऔं ।

कार्यक्रम सहज बनाउनका लागी तल उल्लेखित उप समितिहरु गठन भएका छन् ।

नेपाल हाउस – राम आचार्य/किशोर भण्डारी
परेड – कृष्ण सुबेदि/प्रल्हाद अर्याल
कला संस्कृति – यज्ञ अधिकारी/ अशोक बस्नेत
अतिथि ब्यवस्थापन – खुश्वु नेउपाने/जुलिया पिया श्रेष्ठ
स्वागत गेट ब्यवस्थापन – किरण गौतम/दिक्षान्त ढुंगेल
पाहुना ब्यवस्थापन – ललित मल्ल/ अभिषेक उप्रेती
स्वयंसेवक ब्यवस्थापन – सत्य गुरुगं/ समिर आचार्य
स्टल बवस्थापन – प्रेम रायमाझि
मिडिया मार्केटिंग – कामना सिंग्देल/मोनालिशा धिमाल
मेडिकल – सिता पौडेल
रसद ब्यव्सथापन – बसन्त भट्ट/अभिषेक अधिकारी

नेपाल फोष्टिवल व्यवस्थापन समूह

राजु अधिकारी

चुडामणी सापकोटा

अशोक बस्नेत

आशिष सापकोटा

निरज गौली

र बिशाल कणेंल रहनु भएको छ ।

IMG_7142 नेपाल फेस्टिवलको तयारी पुरा । के छ बिशेष यसपटक पढौं बिशेष कुरा ।

IMG_7142 नेपाल फेस्टिवलको तयारी पुरा । के छ बिशेष यसपटक पढौं बिशेष कुरा ।

Total Page Visits: - Today Page Visits:
Shares