सिड्नी –सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेजले २०२५/०३/०३ सोमबारवाट नेपाली अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी अभिनाष बोहरालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । यस सहकार्यले हाम्रो कम्पनीलाई एक प्रतिष्ठित अन्तराष्ट्रिय क्रिकेट खेलाडीसँग जोड्दै विद्यार्थी तथा व्यवसायीगरूलाई अन्तर्राष्ट्रिय शिक्षा र करियर अवसरहरूतर्फ प्रेरित गर्न महत्त्वपूर्ण योगदान गर्ने हामीले विश्वास लिएको कुरा सक्सेस एजुकेशन एण्ड भीजा सर्भिसेजका सिड्नि प्रमुख इथान शाक्यले प्रेस बिज्ञतिमा मार्फत जानकारी गराउनुभएको हो ।
हामी धेरैलाई जानकारी छ अभिनाष बोहरा, एक दाहिने हाते तीव्र-मध्यम गतिका बलर हुन् । जो सन् २०१९ देखि नेपालको राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहँदै आएका छन्। टि-२० अन्तर्राष्ट्रिय खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै उनले ६२ वटा त टि-२० अन्तर्राष्ट्रिय खेलहरू खेलिसकेका छन्, जसमा ७५ विकेट लिएका छन्। उनको सर्वश्रेष्ठ बलिङ प्रदर्शन ६ विकेट लिएर मात्र ११ रन खर्चिएको हो। साथै, उनले आर्म्ड पुलिस फोर्स क्लब, भैरहवा ग्ल्याडिएटर्स, बुटवल ब्लास्टर्स, र कान्तिपुर गोर्खाज जस्ता विभिन्न घरेलु तथा फ्रेन्चाइजी टिमहरूबाट समेत क्रिकेट खेलेका छन्।
सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेजसँगको सहकार्यबारे आफ्नो धारणा व्यक्त गर्दै अभिनास बोहराले भने: “शिक्षा र खेलकुद दुवैले उज्ज्वल भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेजसँग जोडिन पाउँदा म सम्मानित महसुस गरिरहेको छु। यो संस्था विद्यार्थीहरूलाई उच्च शिक्षा र विदेशमा बसोबास गर्न सहयोग पुर्याउने उद्देश्यका साथ कार्यरत छ। क्रिकेटले जस्तै, शिक्षाले पनि धेरै युवाहरूलाई उज्ज्वल भविष्यतर्फ अघि बढ्न मद्दत गर्न सक्छ भन्ने म विश्वास गर्छु।”
सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेज विद्यार्थी भिसा, सीपयुक्त आप्रवासन (Skilled Migration), तथा करियर परामर्श सेवाहरू प्रदान गर्दै विद्यार्थीहरू र पेशेवरहरूलाई उनीहरूको लक्ष्य प्राप्त गर्न सहयोग पुर्याउने प्रतिबद्धता राख्दछ।
अभिनास बोहरासँगको यो साझेदारी हाम्रो उत्कृष्टता, समर्पण, र सफलताको खोजीप्रति रहेको प्रतिबद्धता दर्शाउँछ—जुन मूल्य मान्यता शिक्षा र खेलकुद दुवैले साझा गर्छन्। हामी नेपाल तथा विश्वभरका विद्यार्थीहरूलाई प्रेरित गर्ने यात्रामा सँगै अघि बढ्न उत्साहित छौं शाक्यले बताउनुभयो ।
![[Tags] IMG_7142 नेपाली क्रिकेटर अभिनाष बोहरा सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेजको ब्रान्ड एम्बेसडर नियुक्त](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/03/IMG_8957.jpeg?resize=640%2C640&ssl=1)
![[Tags] IMG_7142 नेपाली क्रिकेटर अभिनाष बोहरा सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेजको ब्रान्ड एम्बेसडर नियुक्त](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_7142.gif?resize=640%2C62&ssl=1)