धर्मको आस्था भनेको अत्यन्तै बलियो आस्था हो । जो मानिस धार्मिक वातावरणमा हुर्कन्छ त्यसले जहॉं गएपनि र जहॉं रहेपनि आफनो आस्थामा लागीरहन्छ । यस्तै धार्मिक पर्व हिन्दुहरुको महान चाड महाशिवरात्रिको अवसरमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा महाशिवरात्रि बिशेष मनाउने भएको छ । सनातन समाज क्यानबेराका अध्यक्ष सन्तोष मल्लका अनुसार

महाशिवरात्रिको पबित्र दिनको दिन भगवान शिवको पुजा तथा आरधना गर्नको लागि सनातन समाज अस्ट्रेलियाले विशेष कार्यक्रम गर्नलागेको कुरा जानकारी गराउनु भएको छ । उक्त कार्यक्रममा सम्पुर्ण हिन्दू धर्मावलम्बीहरुलाई विशेष आमन्त्रण गरिएको छ । उत्त दिन महाशिवरात्रि बिशेष पूजा कार्यक्रम पनि भएकाले इच्छुक धर्मावलम्बीले व्रत बसी पुजाको “मुख्य कर्ता ” बन्नका लागी समाजले अनुरोध गरेको छ ।

समाजले कुनै विशेष ब्यक्ती विशेषलाई लक्षित गरि यो कार्यक्रम नगरी सम्पुर्ण सनातन धर्ममा बिश्वास राख्ने धर्मावलम्बीहरुको लागि गरेको हुनाले क्यानबेरा, क्विनबियन तथा वरपर क्षेत्रका सम्पूर्ण हिन्दु धर्मालम्विहरुलाइ उपस्थित भएर कार्यक्रम सफल बनाउन सनातन समाज अस्ट्रेलियले अनुरोध गरेको छ । समाजले बिभिन्न माध्यमबाट कार्यक्रमको निमन्त्रणा गरेको हुनाले ब्यक्तिगत सूचना नपुगे पनि यसै सुचनालाई पनि अधिकारीक मानी यहाँहरु उपस्तिथि जनाउनु हुनेछ भन्ने सनातन समाज अस्ट्रेलिया बिश्वास राख्दछ मल्लले बताउनुभएको छ ।

कार्यक्रम तालिका
मितीः Tuesday, 1 March 2022
कार्यक्रम स्थलः Weston Scout Hall
सुरुहुने समयः दिनको २ बजे ।

Total Page Visits: 1902 - Today Page Visits: 1
Shares