ब्रदर यूनाइटेड क्रिकेट क्लव (बियूसिसि) ले एसिटि एसएससिए गेड बि मा १० वटा टोलि सम्मिलित लिगमा बिजयी हुन सफल भएको छ । यो लिग पहिलो पटक नेपाली टोलिले जितेको हो । चालिस बर्षदेखि खेलाइदै आएको लिगमा नेपाली क्लवहरुबाट यो पहिलो बिजय रहेको कुरा क्लवका म्यानेजर सुरेश सुबेदीले जानकारी गराउनुभएको छ । सुबेदीले क्लव दर्ता भएको एक बर्षमै यो उपाधी पाउनु हाम्रालागी र नेपालीहरुकै लागी गौरवको कुरा रहेको बताउनु भएको छ ।
फ़ाइनल खेलमा बियूसिसिले १८१ रनको टार्गेट दिएको थियो भने जवाफि ब्याटिगंमा ग्रम्पि बल्ड म्यान क्लवले १०४ रन मात्रै बनाउन सक्यो । बियूसिसिले खेल ७७ रनले जित्दै उपाधि चुमेको हो । फ़ाइनल खेलको म्यान अफ दि म्याच सरद पोखरेल हात पार्नु भएको छ भने म्यान अफ दि सिरिज बियूसिसिका कप्तान सन्दिप ढकालले हात पार्नुभएको छ । त्यस्तै अल राउन्डरमा सरप्रित सिंह चट्टा र बेष्ट बलरमा अजय चौधरी रहनुभएको छ । उहॉंहरु सबै बियूसिसिका खेलाडीहरु हुनुहुन्छ ।
![[Tags] ED84B55A-B7EF-4C1F-B006-FB76EB4AEEB4-1024x537 चालिस बर्षमा नेपाली क्रिकेटको पहिलो बिजय ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/03/ED84B55A-B7EF-4C1F-B006-FB76EB4AEEB4.jpeg?resize=640%2C336&ssl=1)
क्लवलाइ हाल अजी होम लोन र एक्कपर्ट एजुकेशनले प्रायोजन गरिरहेका छन् । फ़ाइनल खेलमा एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारी, एनआरएनए एसिटिका कोअर्डीनेटर अशोक बस्नेत, डा डिडि कणेंल, पूर्व अध्यक्ष राजन ढुंगेल, एएनएफएसका अध्यक्ष आदर्शजंग पाण्डे, एक्सपर्ट एजुकेशनका सागर अधिकारी र अजी फाइनान्सबाट राजकुमार केसी, क्लवका अध्यक्ष पृथ्वी चौधरी र अन्य थुप्रै नेपालीहरुको उपस्थिति रहेको थियो । पुरस्कार बितरण समारोह मार्च १८ शुक्रवारका दिन द डक्सटन् एट द ओकर्नर सपमा हुनेछ ।