क्यानबेरा नेपलिज भलिवल क्लवको (सिएनभिसि) ले यस बर्षका लागी नयॉं प्रायोजक सहितको सहयोग पाएको छ । हाललाइ एक बर्षको अनुबन्ध रहेपनि सहयोग पछिल्ला बर्षहरुमा पनि निरन्तर रहन सक्ने जानकारी क्लवले बताएको छ ।

क्लवले नयॉं प्रायोजकहरुको लोगो सहितको जर्सी छिट्टै एक कार्यक्रम मार्फत खेलाडीहरुलाइ हस्तान्तरण गर्ने कुरा क्लवका अध्यक्ष यूवराज खनियाले बताउनुभएको छ । हाल क्लव क्यानबेरा मात्रै नभइ अन्तर राज्यमा खेलहरुमा पनि सहभागी हुन थालेको छ । आउदो मार्च ६ का दिन सिड्निमा हुदै गरेको एक दिवसीय भलिवल प्रतियोगीतामा क्लवको नाम दर्ता गरिसकेको कुरा सचिव राजकुमार केसीले बताउनुभयो ।

हामीले कस्तो खेल खेलिरहेका छौं र हामी कुन अवस्थामा छौं भन्ने कुरा अन्य टिमहरुसंग खेलेपछि थाहा हुने हुनाले पनि हामी अन्तर राज्य हुने भलिवल प्रतियोगितामा भाग लिन सुरु गरेको कुरा क्लवका कप्तान जिवन बखुन्चेले बताउनुभयो । हाल नयॉं खेलाडीको आगमन पछि क्लव पहिला भन्दा राम्रो भएको कुरा पनि बखुन्चेले बताउनुभयो ।

नयॉं प्रायोजक सहितको जर्सीमा सिड्नीमा खेल खेल्न जानेहुनाले प्रायोजकहरुको नाम पनि अन्तर राज्यमा पुग्न सफल हुने र यसले गर्दा क्लवले पनि प्रायोजकहरुको नाम प्रचार प्रसारमा सहयोग पुग्ने बिस्वास सचिव राजकुमार केसीले बताउनुभयो ।

क्लवले २०२१/२२ का लागी प्रायोजकहरु तल उल्लेखित रहेको जनाएको छ ।

शीर्षक प्रायोजक – सक्सेस एजुकेशन तथा भिजा सर्विस
गोल्ड प्रायोजक- एसबिए मोर्गेज तथा सोलुसन
सिल्भर प्रायोजक – अजी फाइनान्स तथा होम लोन्स
सिल्भर प्रायोजक – कन्फिडेन्स रियल एस्टेट

प्रायोजकहरुमा डिष्काउन्ट ग्रोसरि स्टोर र आर के होम लोन्स रहेका छन् ।
र एजे कम्पलीट सोलुसनले खेलाडीहरुलाइ पोशाक सहित घुडामा लगाउने प्याड प्रदान गरेको छ भने अन्य आर्थिक सहयोग पनि गरिरहेको छ ।
क्लवका अध्यक्ष यूवराज खनियाले सबै दाता तथा सहयोगी संघ संस्था धन्यवाद दिनुभएको छ ।

Total Page Visits: - Today Page Visits:
Shares