नयॉं बर्षको अवसर पारेर क्यानबेरामा ग्लोवल स्कलर एजुकेशन एण्ड भिजा सर्विसको मुख्य शाखा क्यानबेराको बेलकोननमा खुलेको छ । छिट्टै यसका शाखाहरु काठमाडौं, चितवन, बुटवल र पोखरा मा खुल्ने जानकारी दिनुभएको छ । साना बावु नानीले रिवन काटेर गरिएको उद्घाटनमा बोल्दै बजार ब्यवस्थापक शैलेन्द्र बहादुर क्षेत्रीले सबैबाट सहयोग र सद्भावको आशा गरेको बताउनुभयो ।
![[Tags] 622E27E6-665A-4E9A-9466-CD7EA1C26ACA-1024x766 क्यानबेरामा ग्लोबल स्कलरको नयॉं शाखा उद्घाटन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/04/622E27E6-665A-4E9A-9466-CD7EA1C26ACA.jpeg?resize=640%2C479&ssl=1)
ग्लोवल स्कलर एजुकेशन एण्ड भिजा सर्भिसका निर्देशक अमर पौडेलले नयॉं बर्षको अवसर पारेर खोलिएको यस सर्भिसमा सबैबाट सहयोगको कामना रहने र सकेको राम्रो सेबा दिने आफनो चाहना रहेको बताउनुभयो । म्यानेजिग डिरेक्टर आशिष भट्टले यो समूहबाट माथिसम्म जाने लक्ष्य रहेको हुनाले आफनो आशा निराशामा परिणत नहुने र लक्ष्य ठुलो रहेको बताउनुभयो ।
रजिष्टर्ड माइग्रेसन एजेन्ट बिक्रम सुबेदिले लक्ष्य प्राप्तीको शुभकामना दिदै पैसाको पछि भन्दा पनि सामाजिक दायीत्व नभुल्न अनुरोध गर्नुभयो ।
![[Tags] 622E27E6-665A-4E9A-9466-CD7EA1C26ACA-1024x766 क्यानबेरामा ग्लोबल स्कलरको नयॉं शाखा उद्घाटन ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/04/3C52F334-840F-4131-BFF9-B4767A270466.jpeg?resize=640%2C640&ssl=1)
उद्घाटनमा बिजनेस डेभलपमेन्ट म्यानेजर समिर आचार्य, बिनायक अधिकारी, दि़क्षान्त ढुंगेल र शुसिल पोखरेलले शुभकामना ब्यक्त गर्नुभएको थियो ।