क्यानबेरा : ६ अगष्ट २०२२:- क्यानबेरामा आयोजना भएको श्रीमद्भागवत सप्ताहको तयारी तिब्र रुपमा भइरहेको छ । वाचन प्रविण दिनबन्धु पोखरेल प्रमुख बाचक रहने कार्यक्रम अगष्टको १७ गतेदेखि २३ गते सम्म क्यानबेराको ग्रेहाउण्ड रेसिंग क्लव न्याराबुण्डामा दिनको २ बजेदेखि बेलुका ८ बजे सम्म हुनेछ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा हुने श्रीमद्भागवत सप्ताहको तयारी अन्तिम चरणमा ।
https://successedu.com.au/

श्रीमद्भागवत महापुराण सप्ताह मुल आयोजक समिति क्यानबेराका सचिव बिक्रम सुबेदीका अनुसार सबै उपसमितिहरुका काम कारबाहि अन्तिम चरणमा पुगेको छ । सबै उप समितिहरु आफना जिम्मेबारी अनुसार सक्रिय रुपमा काम गरिरहेको बताउनुभएको छ । महापुराणमा पुजा गरेका कलशका लागी एकदमै धेरै ब्यक्तिहरुले इच्छा प्रकट गर्नुभएको छ । नेपाल बाट बाचन प्रविण पण्डित दिनबन्धु पोखरेल एडिलेड आइपुगीसक्नु भएको हुनाले अव सप्ताहको मुख्य वाचन कर्ता क्यानबेरा आउने पक्का भएको छ । आयोजक समितिका सचिव सुबेदिका अनुसार यो सप्ताहबाट उठेको आर्थिक सहयोगलाइ सनातन समाजको खातामा नभइ अक्षय कोष खड़ा गरि राखिनेछ जसले गर्दा भोलिका दिनमा पशुपतिनाथको मन्दिर बनाउन रकम कति छ भनेर काम गर्न सजिलो हुने बिश्वास ब्यक्त गर्नुभएको छ ।

क्यानबेरा क्षेत्र वरपर रहेका सबै संघसंस्था एवं भक्तजनहरुलाई यस क्षेत्रमै पहिलोपटक हुन गईरहेको सप्ताह जस्तो पुण्य कार्यमा सहभागी भई कार्यक्रमको शोभा बढाईदिनुहुन तथा सामाजीक, भौतिक र आर्थीक सहयोग गर्नका लागी आयोजक समितिले अनुरोध गरेको छ । यसका साथै अष्ट्रेलियाभरी रहनुभएका सबै श्रध्दालु भक्तजनहरुलाई पनि महायज्ञमा सहभागीताको लागी समितिले निमन्त्रणा गरेको छ ।

यस पुनित कार्यमा स्वयंसेवकको रूपमा सहयोग गर्न चाहने व्याक्त्तित्वहरुलाई यस श्रीमद्भागवत महापूराण सप्ताह मूल आयोजक समितीलाई सम्पर्क गर्न पनि समितिले अनुरोध गरेको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरामा हुने श्रीमद्भागवत सप्ताहको तयारी अन्तिम चरणमा ।

Total Page Visits: - Today Page Visits:
Shares