अष्ट्रेलियाको राजधानी क्यानबेरामा भइरहेको लिग भलिवल गेममा क्यानबेरा नेपलिज भलिवल क्लव (सिएनभिसि) ले डिभिजन ३ मा जित हासिल गरेको छ । लिग खेलका सबै खेलहरु जित्दै आएको सिएनभिसिले सोमबार १० अक्टोवर २०२२ का दिन फाइनलमा बेलकोनन पप क्याटलाइ २-० को सोझो सेटमा जितेको हो । जितपछि क्लवका कप्तान जिवन बखुन्चेले सबै खेलाडीहरुले राम्रो खेलेको कारण क्लवले जित हालीस गरेको बताउनुभयो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरा नेपलिज भलिवल क्लव बिजयी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=186%2C49&ssl=1)
क्लवका अध्यक्ष यूवराज खनियाले यो जीत हामी सबै क्यानबेरा/क्विनबियन क्षेत्रका नेपालीहरुको जीत हो । यो जीत सम्म पुग्नका लागी सहयोग गर्ने संघ संस्था तथा स्पोन्सरहरुलाइ अध्यक्ष खनियाले धन्यवाद ब्यक्त गर्नुभएको छ । क्लवले अव डिभिजन २ मा दर्ता गर्ने पनि कप्तान बखुन्चेले बताउनुभयो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेरा नेपलिज भलिवल क्लव बिजयी ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/10/47259C3C-4496-46E9-BBE4-6F3CAD7B609E.jpeg?resize=640%2C429&ssl=1)
Total Page Visits: - Today Page Visits: