![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 बाहरु, मोवाइल र अंग्रेजी मोह ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
एउटा बिवाहमा दुलाहाका आफन्त उमेरले बा भनौं लगभग ६५ जति । बिवाहका मुख्य मुख्य चिजहरु सबै लाइभ गइरहेका थिए । छेउमै बसेर हेरिरहेको मलाइ लाग्थ्यो उहॉंलाइ त्यो बिहाहको रमाइलो भन्दा फेसबुकबाट लाइभ खिच्नुमा बढि छ । म सोचिरहेको थिएं यो मोवाइल नभइदिएको भए के हुन्थ्यो होला ?
पुस्तान्तरण हुदै गर्दा यति छिट्टो प्रविधिले फड्को मार्यो कि गएका बिस बर्षमा धेरै नयॉं कुराहरु आए र पुराना कुराहरु मेटिदै गए । कम्पूटर चलाउन नजान्ने बाहरुको पुस्ताले हिजोआज आइफोनबाट टिकटक बनाउने भयो । गॉंउबाट नेपाल (काठमाडौं) बाह्र पन्ध्र दिन लगाएर हिडेर जाने पुस्ता हिजोआज सिधै प्लेनको टिकट फेसबुकमा पोष्ट गरेर शुभयात्रा भन्न लगाउने भयो । फलानाको छोरा फलानो ठॉंउमा जागीर खान जाने भयो वा फलानो देश पढ्न जाने भयो भन्दा अचम्म लाग्ने पुस्ता त म ऑंफैं पनि हुँ ।
दुइ तिन दिन लगाएर हिडेर काममा पुग्नु पर्ने पुस्ताहरु हिजो आज बाटोमा फेसबुकबाट लाइभ हान्दै हिडेको देखिन्छ । यो बिश्वब्यापिकरण संगै छोराछोरी बिदेशिन थालेको पनि केहि बर्ष भइसकेको छ । छोराछोरी बिदेशीए संगै बुवाआमाहरु पनि बिदेश आउने जाने क्रम बढिरहेको छ । बा आमाहरुले बिदेशमा देखेका, सुनेका र भोगेकाकुराहरु उपयोग गर्न वा प्रयोग गर्न भनौं कतिले सिकिरहनु भएको छ भने कति बा आमाहरु जवर्जस्त गर्न खोज्नु हुन्छ । जव सामान्य भन्दा मान्छेले अर्काको कपि गर्न खोज्छ तव कहि कतै केहि न केहि अस्वभाविक देखिन्छ नै ।
हामी नेपाली हौं र हाम्रो मुख्य भाषा नेपाली हो भन्ने कुरा आफैंले आफैंलाइ संझाउन नसकेर बाहरुको पुस्ता हिजोआज दुख पाउन थालेको प्रष्ट देखिन्छ । एउटा सिड्नीबासी साथीले भन्नुभो एक दिन एउटा बाको मोवाइलमा समस्या आएछ रे अनि लौ त बावु केहि चल्दैन हेरिदिनुपर्यो भनेर बनाइदिन आग्रह गर्नुभएछ रे मोवाइल बनाउने क्रममा यूट्यूब खुलेछ रे यसो पहिलाको बाले हेरेको इतिहास हेर्दा बिचित्र देखियो बाहरुको पुस्ता पनि यस्तो रहेछ भनेर भनेको संझिरहेछु । यसो बोलिचालिमा पनि अंग्रेज़ी शब्द घुसाएर बोले म जान्ने सुन्ने हुँ भन्ने नराम्रो भ्रम बाहरुलाइ प्रष्ट देखिन्छ । प्रष्ट नेपालमै बोलेपनि कसैले कसैलाइ होच्यॉंउछ भनेर सोच्नु पनि ग़लत हो । भारत, चिन, जापान लगाएत यूरोपियन राष्ट्रहरु हेरौं उनिहरु आफनो भाषा प्रति गर्व गर्छन र आफनै भाषा बोल्न मन परॉंउछन् । हामीमा भने अंग्रेज़ी बोल्न र लेख्न जान्ने हुदा आफु हुनेखानेमा गनिन्छ भन्ने सोच छ ।
हिजोआज फेसबुक, ट्वीटर वा इन्स्टा तिर जन्मदिन, बिवाहोत्सव वा अन्य केहि शुभकामना दिनुपर्यो भने सकि नसकि, जानी नजानी कपि गरेरै भएपनि अंग्रेजीमा लेखेको धेरै देखिन्छ । मलाइ लाग्छ अंग्रेजीमा हेप्पी बर्थडे भन्नुको सट्टा जन्मदिनको हार्दिक मंगलमय शुभकामना भन्दा धेरै मिठो सुनिन्छ जस्तो लाग्छ । यो कुरा मैले नेपालमा रहेर नेपालीकै लागी गरिरहेछु बिदेशमा यी सबै कुराहरु सबैमा लागु नहुन सक्छन् ।
संसारमा आफनो राष्ट्र, आफनो भाषा, संस्कृति जत्तिको प्यारो अरु केहि हुदैन होला । देश छोडेर हिडेपछि झनै यस्ता कुराहरुले बढि महत्व राख्दछ । जहॉं रहेपनि जता गएपनि आफना कुराहरु केहि हुदा मनमा गढिरहन्छन् । बिदेशमा यतै जन्मे हुर्केका केटाकेटिका लागी नेपाली भाषा कसरि सिकाउन सकिन्छ भनेर लागी परेका छन् उता बा का पुस्ताहरु भने ठुटो अंग्रेज़ी लेखेर देखाउन पाए आफु माथिल्लो स्तरको जान्ने मपाइत्व भएको भान देखिएको छ । तसर्थ अनावश्यक टाकन टुकन अंग्रेज़ी भन्दा बरु आफुले जानेको नेपाली भाषामानै शुभकामना दिने लिने पो हो कि ? हामी अरुका पछि लाग्दा आफनो भाषा, भेष कला र संस्कृति गुमाउदै गइरहेका त छैनौं ? हाम्रो आफनो पननै रहेन भने भोलिका दिनमा नेपाली भनेर गर्व गर्ने केहि नरहला, यता पो बिचार गर्ने हो कि ?