आङ दावा जाङबु शेर्पा – पर्थ, पश्चिम अष्ट्रेलिया अप्रिल १७, सोमबार २०२३
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 विश्व अंग प्रत्यारोपण खेलकूदमा नेपाली खेलाडीहरुको सहभागिता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
पश्चिम अष्ट्रेलियाको राजधानी शहर पर्थमा यही अप्रिल महिनाको १५ देखि २१ तारिखसम्म विश्व अंग प्रत्यारोपण खेलकूद आयोजना भैरहेको छ। संसार भरीका ५० भन्दा बढी राष्ट्रहरुका खेलाडीहरुले भाग लिएको यस प्रतियोगितामा नेपालबाट पनि एथ्लेटिक्स अन्तर्गतका बिभिन्न बिधाका अलवा ब्याड्मिन्टन, टेबल टेनिस र ५ किलोमिटर म्याराथनमा ५ खेलाडीहरुले भाग लिंदैछन।
बिभिन्न रोगका कारण अंग प्रत्यारोपण गरी नयाँ जिवन प्राप्त गर्ने खेलाडीहरुको यो खेलकूद महाकुम्भ मेलामा सहभागी नेपाली खेलाडीहरुमा हरि नारायण शर्मा, नेपालका सिनियार कराँते प्रशिक्षक ध्रुव विक्रम मल्ल, गीता श्रेष्ठ, विष्णु लाल टुसा श्रेष्ठ र असिम कुमार लम्साल रहेका छन।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 विश्व अंग प्रत्यारोपण खेलकूदमा नेपाली खेलाडीहरुको सहभागिता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/04/IMG_5969.jpeg?resize=640%2C479&ssl=1)
यस प्रतियोगिताको उद्घाटन समारोह पर्थ स्थित ओप्टस रंगशालामा हिजो आइतबार सम्पन्न भएको थियो। स्वान नदी माथि रहेको माटागरप पुलबाट आ-आफ्नो प्रतिनिधी राष्ट्रका झण्डा फहराउँदै ओप्टस रंगशालामा प्रवेश हुँदा नेपाली खेलाडीहरुलाई, स्वागत गर्न लामबद्द रहेका नेपाली लगायत अन्य राष्ट्रका दर्शक एवं शुभचिन्तकहरुले स्वागत गरेका थिए।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 विश्व अंग प्रत्यारोपण खेलकूदमा नेपाली खेलाडीहरुको सहभागिता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/04/IMG_5968.jpeg?resize=640%2C479&ssl=1)
यस कार्यक्रमको समुदघाटन समारोहमा अंग प्रत्यारोपणबाट नयाँ जिवन प्राप्त गर्ने खेलाडी एवं अंग दान गर्ने दाताहरुलाई विशेष सम्मान प्रकट गरिएको थियो।
सम्पूर्ण खेलाडीहरुलाई हार्दिक शुभकामना ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 विश्व अंग प्रत्यारोपण खेलकूदमा नेपाली खेलाडीहरुको सहभागिता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/04/IMG_5967.jpeg?resize=640%2C479&ssl=1)
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 विश्व अंग प्रत्यारोपण खेलकूदमा नेपाली खेलाडीहरुको सहभागिता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/04/IMG_5966.jpeg?resize=640%2C479&ssl=1)