अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यु साउथ वेल्स च्याप्टरको आयोजनामा आगामी २९ मार्च २०२४, शनिवार का दिन बालबालिकाहरुलाई लक्षित गरेर बाल साहित्यिक कार्यक्रमको आयोजना हुने भएको छ । कार्यक्रममा बालबालिकाहरुले आफ्ना कथा, कविता, निवन्ध, वाद्यवादन , अनुभव नाटक प्रहसन आदि प्रतिभाहरु प्रस्तुत गर्न सक्ने कुरा आयोजक संस्थाले जनाएको छ ।
न्यु साउथ वेल्स च्याप्टरमा बस्ने बालबालिकाहरुलाई नेपाली भाषा/साहित्य मार्फत जोड्ने जमर्को सहितको कार्यक्रममा आफ्नो बालबालिकाहरुलाई सहभागी गराउनुहुन सबै अभिभावक ज्युहरुलाई आयोजक संस्थाले अनुरोध गरेको छ । कार्यक्रममा सहभागिता सम्वन्धमा फारममा उल्लेखित विवरणहरु भरेर सहयोग गर्नुहुन पनि संस्थाले अनुरोध गरेको छ । कार्यक्रम सहभागी सम्पूर्ण बालबालिकाहरुलाई प्रमाणपत्र वितरण उत्कृष्ट एक प्रतिभालाई बिशेष बाल प्रतिभा पुरस्कार एवं प्रमाणपत्र वितरण गरिने जानकारी समेत प्रेस बिज्ञतिमा उल्लेख छ ।
बालबालिकाहरुका रचनाहरुलाई नेपाली क्यालेन्डरमा र बाल साहित्य पुस्तकमा प्रकाशन हुनेछ । संकलित कबिता वाचन अनलाईन जुम वाचन कार्यक्रम मार्च ८ तारिख शनिवार बिहान ९ बजे हुनेछ। सोहि कबिता २९ मार्चमा वाचन गर्न सकिने छ। कार्यक्रम सम्वन्धि कुनै जानकारी आवश्यक परेमा हामीलाई संपर्क गर्न सक्नुहुनेछ। सम्पूर्ण जानकारी फ्लाएरमा उपलब्ध छ।
https://forms.gle/R9m92fS2tTHvnU4r5%3Chttps://l.facebook.com/l.php?u=https%3A%2F%2Fforms.gle%2FR9m92fS2tTHvnU4r5%3Ffbclid%3DIwZXh0bgNhZW0CMTAAAR2OG6lJfGkIL_-Ll1GeB9TTQhk942FJl8wuSrzHuYDF1Kr0buDfz8zPD7M_aem_RlPXojHynDr7lfn73e8X6g&h=AT1Y7FlEYfKmcexpxABLe1fs0epZxkG1Q9-0BZNYjZFDWAdzHpcjDmo4F-ld9uNcRAYTTbrrvEXKpMO1EW5Z3FPnxiWHUB7LR79WI7PZoi0mX_p6jurA55fwhilzCA06xg&__tn__=-UK-R&c[0]=AT2QT_RhDTqJSQo9XopHkhgTXG_FkvURlNoDa19U93pxLhqbE5lht1GForhIwqlZ5fHh4yEF42C0eUC7_cTzgDrCBxX4STH-QUddnsKBCrfgkbKoNctgipCKljjmghV2LoKNPZ5iGote-Ihrg3Hr-shWmcDi4XlVk0IoMK2ZYQTR%3E
![[Tags] IMG_7142 बाल साहित्यिक कार्यक्रम गर्दै अनेसास न्यू साउथ वेल्स ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/02/IMG_8840.jpeg?resize=640%2C640&ssl=1)
![[Tags] IMG_7142 बाल साहित्यिक कार्यक्रम गर्दै अनेसास न्यू साउथ वेल्स ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/03/INLS-Children-Literary-Program.png?resize=640%2C853&ssl=1)
![[Tags] IMG_7142 बाल साहित्यिक कार्यक्रम गर्दै अनेसास न्यू साउथ वेल्स ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/01/IMG_7142.gif?resize=640%2C62&ssl=1)