IMG_7142 पत्रकार महासंघकी अध्यक्ष शर्मालाई एन्जाको अष्ट्रेलियामा सम्मान ।

सिड्नी सम्वाददाता । अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएसन (एन्जा) ले नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालाई शुक्रवार सिड्नीमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको छ ।

कार्यक्रममा अध्यक्ष शर्माले राजावादीको नाममा अराजक समूहले गरेको आन्दोलनमा पत्रकार सुरेज रजकको हत्या र सन्चार माध्यममाथि गरिएको आगजनी र तोड़फोडप्रति आपत्ति जनाइन् । ‘प्रेस माथिको दमन कुनै पनि हिसाबमा क्ष्म्य हुँदैन । दोषीमाथि हदैसम्मको कार्वाही हुनुपर्छ ।’ उनले भनिन् । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको आन्दोलनमा एक्यवद्धता जनाउन अपिल गरिन् ।
शर्माले प्रबाशमा ब्यस्त जीवन शैलीमा पनि समय निकालेर पत्रकारिता गरेकोमा अष्ट्रेलियाका पत्रकारहरुलाई प्रशसा गरिन ।

IMG_7142 पत्रकार महासंघकी अध्यक्ष शर्मालाई एन्जाको अष्ट्रेलियामा सम्मान ।

उक्त अवसरमा अष्टेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था (एन्जा)ले नेपाल पत्रकार महासंघसँगको सहकार्यलाई निरन्तरता दिँदै थप सहकार्य गर्न सक्ने विषयमा छलफल गरेको थियो ।

कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारी, एन्जाका सस्थापक अध्यक्ष हेमन्त काफ्ले , एन्जाका कानुनी सल्लाहकार डा. शशेरसिह थापा, पत्रकार प्रदीप तिमिल्सिनाले प्रवासमा रहेर पत्रकारिता गर्न एकदमै कठिन हुदाँहुँदै पनि आफूहरुको पेशाप्रतिको लगावका कारण धेरै नेपाली पत्रकारले मिडियालाई समय छुट्टाएर पनि काम गरिरहेको बताए ।तेस्तै सल्लाहकारहरू डिल्ली ढकाल, डा. राजु मानन्धर लगायतले प्रवासी पत्रकारिताको योगदान, चुनौती र उजागर गर्नुपर्ने विषयमा धारणा राखेका थिए।

IMG_7142 पत्रकार महासंघकी अध्यक्ष शर्मालाई एन्जाको अष्ट्रेलियामा सम्मान ।

अष्टेलियामा करिब दुई लाख नेपालीको संख्या रहेकोले नेपाली मिडियाको भविष्य निक्कै नै राम्रो भए पनि व्यवसायिक हुन सकेका छैनन्’ अध्यक्ष तिवारीले भने । तिवारीले एन्जाले पत्रकार महासंघ मार्फत नेपाली पत्रकारको सुऱक्षा लगायतका विषयमा सहकार्य गर्ने बताउदै बिगतमा एन्जाले पत्रकार महासंघसँग गरेको समझदारीलाई निरन्तरता दिदै छिटै कार्यन्यनमा ल्याउने बताए ।

उक्त कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिव भट्टराई , वरिष्ठ पत्रकार तथा देशान्तर पब्लिकेशनका अध्यक्ष कबिर राणा , पत्रकार सचिन पोखरेल एभिन्यूज टेलिभिजनका कानुनी सल्लाहकार गणेश केसी, लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको स्वागत एन्जाका महासचिव गणेश भट्टले तथा सञ्चालन सचिव तक्दीर अधिकारीले गरेका थिए।

IMG_7142 पत्रकार महासंघकी अध्यक्ष शर्मालाई एन्जाको अष्ट्रेलियामा सम्मान । IMG_7142 पत्रकार महासंघकी अध्यक्ष शर्मालाई एन्जाको अष्ट्रेलियामा सम्मान ।

Total Page Visits: - Today Page Visits:
Shares