सबै समाचारको लागी एउटै ठॉंउ ।
नेपाली कला संस्तुति तथा साहित्य प्रतिष्ठानको आयोजनामा क्यानबेरामा “मीलन लामा सॉंगीतिक सॉंझ” हुने भएको छ । लेक गायन क्षेत्रमा एउटा ख्यातीप्राप्त नाम मीलन लामाका दर्जनौं गीटहरु चर्चित छन् । माझिदाइ पोखरा फेवातालको लाउ मॉंया सॉंच्चैको नलॉंउ भो ख्यालख्यालैको भन्ने गीतबाट सर्वाधिक चर्चा कमाउनुभएका गायिका हंककगं आइडीले, जुम्ला कालीकोटको, बेसारेको मन छैन मुख मात्रै जस्ता गीतहरु बजारमा चलिरहेका गीतहरु हुन ।
क्यानबेरामा ओझेलमा परेको कला साहित्य र नेपालबाट आउनुभएका कलाकारहरुको सम्मानका लागी केहि गर्न सकियोस भन्ने होतुले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष यक्ष अधिकारीले बताउनुभएको छ । कार्यक्रमलाइ थप मनोरन्जन प्रदान गर्न स्थानिय कलाकारहरु रोशन रेग्मी र बिक्रम शर्माको प्रस्तुति पनि रहने छ । कार्यक्रम अगष्ट ३० सनिबारका दिन वेष्टर्न क्रिक कम्यूनिटी सेन्टर, वेष्टर्न क्रिकमा सॉंझ ४ बजेबाट ८ बजेसम्म हुनेछ । कार्यक्रममा प्रवेश निशुल्क रहनेछ ।