अर्थशास्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले डिसेम्बरको पहिलो साता अष्ट्रेलिया आउनुहुने भएको छ । अष्ट्रेलियन एडको निमन्त्रणामा अष्ट्रेलियन नेशनल युनिभर्सिटी (ANU) मा आयोजना गरिने कार्यक्रममा डिसेम्बर ३ देखि ५ तारिखसम्म सहभागी हुने कार्यक्रम छ । क्यानबेरामा रहेको अस्ट्रेलियन न्यासनल युनिभर्सिटीमा हुने वार्षिक ‘एड’ सम्मेलनमा विज्ञ वक्ताका रुपमा उहॉंलाइ बोलाइएको हो । उक्त सम्मेलनमा वाग्लेले फेरिँदो परम्परागत विकास सहायता मोडलको परिपुरकका रुपमा सार्वजनिक वित्त, लगानी एवं दान-दातव्य सम्बन्धी प्राज्ञिक प्यानल सहभागिता जनाउनुहुनेछ ।
यही मौकामा वाग्लेले सिड्नी र क्यानबेरामा अन्तरक्रिया कार्यक्रम समेत गर्नुहुनेछ । यस्तै वेष्टर्न अष्ट्रेलियामा उहॉंको पार्टीको कमिटी गठन र पहिलो अधिवेशनमा पनि उनी सहभागी हुनुहुनेछ ।
![]()
प्रवास नेपाली सम्पर्क विभाग, अष्ट्रेलियाद्वारा सिड्नीमा डिसेम्बर २ तारिख मंगलबारहुने कार्यक्रम मेरील्याण्ड्समा रहेको द गार्डेन्स फंक्शन सेन्टरू हुनेछ । कार्यक्रममा नेपालको पछिल्लो अर्थ(राजनीतिक अवस्थाबारे नेपाली डायसपोरासँग अन्तरक्रिया गरिने जानकारी प्रवास नेपाली सम्पर्क विभाग, अष्ट्रेलिया न्यु साउथ वेल्स कमिटीका सचिव सूर्य न्यौपानेले दिनुभएको हो । कार्यक्रम बेलुका ६ बजे देखि ९ बजे सम्म हुनेछ। यस्तै प्रकृतिको अन्तरक्रिया ४ डिसेम्बर बिहीबार क्यानबेराको गोल्डेन मोमेन्ट इभेन्ट्स सेन्टरु फिशविकमा हुने जानकारी सुरेन्द्र पुरीले दिनुभएको हो ।
पश्चिम अष्ट्रेलियामा पनि डा. स्वर्णिम वाग्लेकै उपस्थितिमा प्रवास नेपाली सम्पर्क विभाग (पर्थ) को पहिलो ऐतिहासिक राष्ट्रिय अधिवेशन आयोजना हुने जानकारी कमल तिमिल्सनाले दिनुभएकोलहो । कार्यक्रम ६ डिसेम्बर शनिबार १ बजे सुरु हुनेछ।
अस्ट्रेलियन महादेशका तीन शहरको प्राज्ञिक एवं प्रवासी मुद्दा(केन्द्रित पाँच दिने दौडाहा सम्पन्न गरी डा. वाग्ले डिसेम्बर ६ मा पर्थबाट नै नेपाल फर्कने कार्यक्रम रहेको छ । सबै कार्यक्रमको तयारी पूरा भएको प्रवास नेपाली सम्पर्क विभाग, अष्ट्रेलिया का अध्यक्ष डा. कृष्ण पौडेल ले जानकारी दिनुभएको हो ।
फोटो स्रोत : गुगल
![[Tags] IMG_7142-1024x100 डा स्वर्णिम वाग्ले अष्ट्रेलिया आउँदै : संगठन निर्माणमा बिशेष जोड ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/08/IMG_7142.gif?resize=640%2C63&ssl=1)
![[Tags] IMG_7142-1024x100 डा स्वर्णिम वाग्ले अष्ट्रेलिया आउँदै : संगठन निर्माणमा बिशेष जोड ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2025/04/IMG_9766.jpg?resize=640%2C316&ssl=1)