बिनायक अधिकारि;मेरो कपुरि क :-अष्ट्रेलियन नेपलिज फ्रेण्डसिप सोसाइटिको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सचिव कुमार सापकोटाको स्वागत मन्तब्यबाट कार्यक्रमको सुरुवात भएको थीयो । तत्पश्चात जीवन रानावाट संस्थाको प्रगती बिवरण पेश भएको थीयो ।
हालसम्म संस्थाले गरेका कार्य प्रगतीका बारेमा जानकारि रानाले दिएका थीए । कार्यक्रमकै क्रममा कोषाध्यक्ष बिशाल कडेंलले आर्थिक पिवरण पेश गरेका थीए । आर्थिक प्रतिवेदनमा उपस्थित सदस्यहरुवाट आएका प्रश्नहरुको उत्तर बिशाल कणेंलले दिएका थीए । आर्थिक प्रतिवेदन डा प्रमोद अधिकारिले प्रस्ताव र राजन ढुंगेलवाट समर्थन गरेका थीए । संस्थाका बिभिन्न जानकारिहरु सचिव कुमार सापकोटाले पेश गरेका थीए र २०१८/१९ सालमा गर्नुपर्ने कार्यबिवरण पनि प्रस्तुत गरेका थीए । सचिवको प्रतिवेदन डा दुर्गादत्त कणेंलले प्रस्ताव र बिक्रम सुबेदिले पारित गरेका थीए ।
![[Tags] 675D48FE-E4C9-4968-843F-D529292C14E6-300x225 जीवन रानालाइ अध्यक्ष चुन्दै एएनएफएसको साधारण सभा सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/D5CA56B3-943A-46CC-A35E-47865E098B0E.jpeg?resize=300%2C225&ssl=1)
अधिवेसनले नयॉं कमिटि छान्नु पर्ने भएकाले निर्वाचन कमिटिले आफनो कार्य सुरु गरेको थीयो । निर्वाचन कमिटिमा डा बिनोद नेपाल, यूवराज खनिया र अनन्त ज्ञवाली रहेका थीए । कार्यसमिति चयन पक्रियामा अध्यक्ष पदमा जीवन रानाको चयन सर्वसम्मत रुपमा भएको थीयो भने उपाध्यक्षमा सुरज पौडेल र रामप्रसाद आचार्यले आफनो उमेदवारि दिएका थीए जसमा सुरज पौडेलले आफनो नाम फिर्ता लिएका थीए । त्यस्तै सचिव पदमा कुमार सापकोटा र प्रविन पाठकले नाम दर्ता गराएका थीए जस अन्तरगत कुमार सापकोटाले आफनो नाम फिर्ता गराए । कोषाध्यक्षमा भने चारजनाको नाम उमेदवारिमा दर्ता भएको थीयो जसमा बिशेष बराल, मिरा ढुंगेल, ललित मल्ल र कृष्ण सुबेदिको थिए सबैले सुबेदिलाइ समर्थन दिए । त्यस्तै जनसम्पर्क अधिकृतमा खुश्वु न्यौपाने र प्रधुम्न दाहाल रहेका थीए जसमा खुश्वुले बाजी मारिन । ६ सदस्य पदका लागी ९ जनाको नाम दर्ता भएको थीयो जसमा राजेश गुरुगं, कबिन्द्र सिग्देल र राजेश पाठकले सदस्यवाट सदस्यता फिर्ता लिए । निर्वाचित कमिटिले आफूले गर्न चाहेको कार्यको प्रतिबद्धता ब्यक्त गरेका थीए ।
![[Tags] 675D48FE-E4C9-4968-843F-D529292C14E6-300x225 जीवन रानालाइ अध्यक्ष चुन्दै एएनएफएसको साधारण सभा सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/3190CF62-CDD3-4CCA-8D0B-B5FE0C955D4F.jpeg?resize=300%2C225&ssl=1)
कार्यक्रममा एनआरएनएका अध्यक्ष राजन ढुंगेल
सिएनएफसी का अध्यक्ष चुडामणी सापकोटा
डिडि कणेल, कुमार केसी, निर्वाचन संयोजक बिनोद नेपाल लगाएत संस्थागत अन्य प्रतिनिधि र आम सुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थीयो । संस्थाका अष्ट्रेलियन नागरिक संस्थापक सदस्य पनि उपस्थित भएका थीए ।
निर्वाचित कमिटिको नाम निम्नानुसार पहेको छ ।
अध्यक्ष : जीवन राना
उपाध्यक्ष : रामप्रसाद आचार्य
सचिव : प्रवीण पाठक
कोषाध्यक्ष : कृष्ण सुवेदी
जनसम्पर्क अधिकृत : खुश्वु न्यौपाने
सदस्यहरु: आशिष देवकोटा, बसन्तराज भट्ट, बिनोदराज घिमिरे, शोभा ढकाल, यूवराज पौडेल र समीर अधिकारी ।
![[Tags] 675D48FE-E4C9-4968-843F-D529292C14E6-300x225 जीवन रानालाइ अध्यक्ष चुन्दै एएनएफएसको साधारण सभा सम्पन्न ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/B8706114-3031-48D1-A70A-3E5FE6AF9691.jpeg?resize=300%2C168&ssl=1)