बिनायक अधिकारी

यतिबेला अष्ट्रेलिया डंढेलोबाट पिढित छ । लामो समयसम्म आगो नियन्त्रण हुन नसक्दा धेरै घरबार जलिरहेका छन्, धेरै मानिसहरुको मृत्यु भएको छ र पचास करोड़ भन्दा धेरैपशु पंक्षिको जलेर मृत्यु भएको छ । यो अवस्थामा अष्ट्रेलियामा रहेका नेपालीहरुले बिभिन्न प्रकारका आर्थिक तथा जिन्सी सहयोग प्रदान गरिरहेका छन् ।
यसै सन्दर्भमा क्यानबेरामा नेपालीहरु पनि सहयोगका लागी जुटिरहेका छन् । बिशेष गरेर एनआरएन, एएनएफएस, सिएनसिसि र सिएनएफसीले पहल गरेका थिए भने ब्यक्तिगत रुपमा उल्लेख्य सहयोग भएको थियो । हिजो ७ जनवरिका दिन ब्रेडउड फायर स्टेसनमा गएर संकलित सामाग्री प्रदान गरिएको छ । सामाग्री संकलनमा डा कृष्ण हमाल, एनआरएनए आइसिसि सदस्य राजु अधिकारी, एनआरएनए क्यानबेराका संयोजक चुडामणी सापकोटा, सचिव बिनायक अधिकारी, कोषाध्यक्ष बिशाल कणेंल, सदस्य जीवन थापा, धिरज सीलवाल । एएनएफएसका अध्यक्ष खुश्बु नेउपाने, सिएनसिसिका अध्यक्ष कमल आचार्य, सिएनएफसीका सुरज पौडेल लगाएतका सहभागीता थियो ।
सहयोग सामाग्रीमा पानी, कोकाकोला, नटबार, पाइप, पन्जा लगाएत आवस्यकिय सामग्री रहेको थियो । उक्त सामाग्री हस्तान्तर गर्न करुना ब्रजाचार्यले सहयोग गर्नुभएको थियो । नेपाली समुदायबाट सामाग्री हस्तांतरण भएकोमा ब्रेडउड स्टेसनका प्रतिनिधिहरु अत्यन्तै खुसी भएको कुरा चुडामणी सापकोटाले बताउनु भयो । सापकोटाले अन्य सहयोग आवस्यक परेमा खवर गर्न र आफुहरु सहयोगको लागी सदैव तयार रहेको कुरा जानकारि गराएको पनि बताउनुभयो ।

C62F28CB-1C70-40F5-8C96-45BA3E1AE6E6 क्यानबेराका नेपालीद्वारा अग्निपिढितलाइ सहयोग प्रदान ।

Total Page Visits: 2028 - Today Page Visits: 2
Shares