मेरो कपुरि क; क्यानबेरा :- अष्ट्रेलियाको न्यु साउथ वेल्स अन्तर्गत काउरा काउन्सिलले नेपाललाई ५४ औ अतिथी राष्ट्रको रुपमा लिदै भब्य र सभ्य रुपमा महोत्सव सम्पन्न भएको छ । काउरा काउन्सीलले महोत्सव सफल बनाउन यहाँका मुख्य बजार र चोक चोकमा नेपाल झल्कने पोष्टर र नेपाली पहिचान बढाउने सामग्री बिधालयका बिद्यार्थीको सिर्जनामा कलात्मक ढंगले राखिएका थिए

8BE544FB-D450-4F4A-9D10-F294657135F3-300x169 काउरा फेष्टिवल : नेपालीमय बन्यो महोत्सव ।

महोत्सवमा काउन्सिलबाट निकालिएको भब्य झाँकीसहितको र्‍यालीमा नेपाली भेषभुषा, बुद्ध नेपालमा जन्मेका नारा, सगरमाथा, लुम्बिनीलगायत झल्कने सामग्री राखिएको थियो । हजारौको संख्यामा रहेका अष्ट्रेलियन र नेपाली सहभागी र्‍याली स्थानीय पार्कमा गएर महोत्सवका रूपमा परिणत भएको थियो ।

8BE544FB-D450-4F4A-9D10-F294657135F3-300x169 काउरा फेष्टिवल : नेपालीमय बन्यो महोत्सव ।

यस्ता महोत्सवहरुले नेपाल चिनाउने र अष्ट्रेलियासँगको दुई देशबीच सम्बन्ध जोड्ने जनस्तरमा बलियो नाता गाँस्ने साथै नेपालको पर्यटन बिकासमा टेवा पुर्याउने उद्देश्यले आयोजित कार्यक्रम अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा र काउरा काउन्सिलका मेयर बिल वेष्टले संयुक्त्त रुपमा उदघाटन बिश्व शान्ति घण्ट बजाएर गरेका थिए ।

कार्यक्रममा नेपालका तर्फवाट बोल्दै राजदुत शेर्पाले नेपालको सॉंस्कृतिक बिबिधता, एकता र नेपाली सुन्दरताको बर्णन गर्दै सबै अष्ट्रेलियावासीलाई नेपालको आथिथ्यता ग्रहण गर्न नेपाल भ्रमणमा आउनको लागि अनुरोध गर्नुभयो । साथै कार्यक्रम सफल पार्न भूमिका खेल्न हुने संघसंस्था, कलाकार, पत्रकार लगायत सम्पुर्णलाई राजदूत शेर्पाले धन्यवाद दिएकी थीइन ।

8BE544FB-D450-4F4A-9D10-F294657135F3-300x169 काउरा फेष्टिवल : नेपालीमय बन्यो महोत्सव ।

कार्यक्रमलाइ सफल बनाउन सिड्नी, क्यानबेरा र बरपर क्षेत्रका नेपालीहरु सहित नेपाली दुताबासको अग्रसरता र सक्रियतामा भब्य रुपमा रह्यो । कार्यक्रममा एनआरएन, अष्टेलिया, आदिबासी जनजाती महासंघ र अष्ट्रेलिया नेपलिज फ्रेन्डसिप सोसाईटीको प्रतिनिधिहरु मीलेर कार्यक्रम भव्य र सफल बनाउने प्रयास रहेको थीयो । कार्यक्रममा क्यानबेरावाट संझना सापकोटा, कुमार केसी, चुडामणी सापकोटाको टोलिसंग महामहिम लक्की शेर्पा र उहॉंका श्रीमान न्वुहागं सोनाम शेर्पा संगै you नाच्दा माहौल थप रमाइलो बनेको थीयो । आचार्य राजन शर्माको कार्यक्रमले योगाको मुलुकको रुपमा नेपाल चिनाउने प्रयास गरेका थीए । सो कार्यक्रममा अष्ट्रेलियाको पहिलो सगरमाथा आरोही र सबैभन्दा कम उमेरको आरोहीको समेत उपस्थिति रहेको थियो ।8BE544FB-D450-4F4A-9D10-F294657135F3-300x169 काउरा फेष्टिवल : नेपालीमय बन्यो महोत्सव । 8BE544FB-D450-4F4A-9D10-F294657135F3-300x169 काउरा फेष्टिवल : नेपालीमय बन्यो महोत्सव । 8BE544FB-D450-4F4A-9D10-F294657135F3-300x169 काउरा फेष्टिवल : नेपालीमय बन्यो महोत्सव । 8BE544FB-D450-4F4A-9D10-F294657135F3-300x169 काउरा फेष्टिवल : नेपालीमय बन्यो महोत्सव ।

Total Page Visits: - Today Page Visits:
Shares