IMG_9828-300x300 क्यानबेरामा तीज रौनक ।

एएनएफएस द्वारा आयोजीत तीज कार्यक्रम सम्पन्न भएको छ । क्यानबेराको अल्वर्ट हलमा सम्पन्न भएको तीज कार्यक्रम पाठशालाका साना बावु नानीहरुबाट नृत्य र गायन बाट सुरु भएको थियो । कार्यक्रममा नेपालबाट अष्ट्रेलिया भ्रमणमा रहनुभएको बुवा छत्र प्रसाद भट्टराइले  गीत गाउनुभएको थियो भने बुवा आमा समूहको सक्रिय सहभागीता रहेको थियो ।

स्याङ्जा जाने बाटैमा तनहुँ बिर्सी जाने मॉंयालाइ के भनौं” गीत बजॉंउदै गर्दा आमा तथा दिदि बहिनिहरु घुमी घुमी नाचिरहनु भएको थियो । गायीका अन्जिला रेग्मीको हंसिलो अनुहार र रसिलो बोलिले तीजको लहर आयो बरिलै, हो शिव, तम्रा मनका कुरा भन्दै दर्शक नचाउन सफल रहनुभयो । जति नाच्नेहरुको भिड़ बढ्दै जान्थे उती गायीका रेग्मीको अनुहारमा उज्यालो बढ्दै जान्थ्यो ।

IMG_9828-300x300 क्यानबेरामा तीज रौनक ।

त्यस्तै गायीका सिन्धु मल्लले काफल गेडी कुटुक्कै भैयो भुतुक्कै, कुर्ता सुरुबाल लॉंउदा त यस्ता छौ कस्ती हौलि गुन्यौ चोलिमा भन्दै गर्दा दर्शकको हुटिगं सुरु भइसकेको थियो । मल्लले आफना अन्य तीज गीतहरु सुनाइरहदॉं चिटिक्क भाछुरे र झलझली ऑंखामा गीतमा नाच्नेहरुको भीड झनै बढ्दै थियो । जे होस सिन्धु मल्ललाइ नेपाली गीत संगीत सुन्नेहरुले धेरै गीतहरुले  संझिरहनेछन् ।

IMG_9828-300x300 क्यानबेरामा तीज रौनक ।

कार्यक्रम ३० अगष्ट २०२४ शुक्रबार दिन सॉंझ ६ बजेबाट अल्वर्ट हल क्यानबेरा सिटिमा भएको थियो । कार्यक्रमलाइ बिभिन्न संघ संस्थाहरुले सहयोग गरेका थिएं भने ४०० भन्दा बढि टिकट किनिदिएर कार्यक्रम भब्य  सफल बनाइदिएकोमा आयोजक संस्थाका अध्यक्ष निरज गौलीले सबै सहयोगी संघ संस्था र ब्यक्तिहरुलाइ संयुक्त रुपमा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

IMG_9828-300x300 क्यानबेरामा तीज रौनक । IMG_9828-300x300 क्यानबेरामा तीज रौनक । IMG_9828-300x300 क्यानबेरामा तीज रौनक । IMG_9828-300x300 क्यानबेरामा तीज रौनक । IMG_9828-300x300 क्यानबेरामा तीज रौनक ।

IMG_9828-300x300 क्यानबेरामा तीज रौनक । IMG_9828-300x300 क्यानबेरामा तीज रौनक । IMG_9828-300x300 क्यानबेरामा तीज रौनक । IMG_9828-300x300 क्यानबेरामा तीज रौनक । IMG_9828-300x300 क्यानबेरामा तीज रौनक । IMG_9828-300x300 क्यानबेरामा तीज रौनक । IMG_9828-300x300 क्यानबेरामा तीज रौनक । IMG_9828-300x300 क्यानबेरामा तीज रौनक ।

Total Page Visits: - Today Page Visits:
Shares