IMG_7142 बोरलमा नेपाल फेस्टिवल सम्पन्न ।

सिड्निबाट करिब १ घण्टाको दुरिमा रहेको सुन्दर शहर बोरलमा नेपाल फेष्टिवल सम्पन्न भएको छ । पहिलोपटक सम्पन्न यो नेपाल फोष्टिवललाइ काउन्सिलले स्थान सहित १० हजार डरल प्रदान गरेको कुरा स्थानिय नेपाली अनिल ज्ञवालीले बताउनु भएको हो ।

नेपाली बिभिन्न जात जातीका भेषभूषा र नेपाली झण्डा सहितको परेडले थप रौनकता थपेको थियो । बिभिन्न स्टलहरुमा नेपाली घर, खुकुरी, मादल, रुद्राध्यक्ष, लुम्बिनि, पशुपतिनाथ र अन्य नेपाली भाडाकुडाहरु पनि प्रदर्शनमा राखिएका थिएं । नेपाली मात्रै होइन स्थानिय अष्ट्रेलियनहरु पनि मोमो खाना लाइनमा उभिएका थिए । जे होस नेपाली खानाप्रतिको मोह राम्रै देखिन्थ्यो । नेपाल फेस्टिवल स्थानिय काउन्सिलले गरेको थियो । कार्यक्रममा नेपाली गायक आरिफ, उल्सन र सन्ध्या जोशीले आफना गीत प्रदान गर्नुभएको थियो भने साना नानीहरु सहित नृत्य पनि चलिरहेको थियो ।

IMG_7142 बोरलमा नेपाल फेस्टिवल सम्पन्न ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सुन्दर दक्षिणी हाईल्याण्डमा नेपाल महोत्सव आयोजना गरेकोमा Wingecarribee Shire Council लाई धेरै धेरै धन्यवाद दिनुभएको छ । पोखरेलले शहरबाट केहि दुरिमा रहेको यो सुन्दर शहरमा बढ्दो नेपाली डायस्पोरा देख्दा साँच्चै हृदयस्पर्शी थियो। नेपाल परेड, जीवन्त स्टलहरू, र सांस्कृतिक प्रदर्शनहरूले नेपालको समृद्ध सम्पदा र संगीतलाई प्रदर्शन गर्‍यो, जसले हाम्रो पहिचानको अविश्वसनीय उत्सव सिर्जना गर्‍यो।

NRNA अष्ट्रेलिया यस अद्भुत उत्सवमा साझेदार हुन पाउँदा गर्व छ। दक्षिणी हाईल्याण्ड्समा रहेका नेपालीहरू र नेपालको वाणिज्य दूतावास सिड्नी, NSW, अष्ट्रेलिया, अस्ट्रेलियन हिमालयन फाउन्डेसन र सहयोग र सहभागी सबैलाई धेरै धेरै धन्यवाद दिनुभएको छ ।

कार्यक्रममको अन्त्यमा काउन्सिलकि मेयरले नेपालीहरुको यो बिविध संस्कृति, भेषभूषा र कला हेर्न पाउदा खुसी रहेको र भोलिका दिनमा पनि सहयोग रहिरहने कुरा ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा थुप्रै नेपालीहरु र स्थानिय बासिन्दाहरुको सहभागीता रहेको थियो ।

IMG_7142 बोरलमा नेपाल फेस्टिवल सम्पन्न ।IMG_7142 बोरलमा नेपाल फेस्टिवल सम्पन्न ।IMG_7142 बोरलमा नेपाल फेस्टिवल सम्पन्न ।IMG_7142 बोरलमा नेपाल फेस्टिवल सम्पन्न ।IMG_7142 बोरलमा नेपाल फेस्टिवल सम्पन्न ।

IMG_7142 बोरलमा नेपाल फेस्टिवल सम्पन्न ।IMG_7142 बोरलमा नेपाल फेस्टिवल सम्पन्न ।

IMG_7142 बोरलमा नेपाल फेस्टिवल सम्पन्न ।

IMG_7142 बोरलमा नेपाल फेस्टिवल सम्पन्न ।

Total Page Visits: - Today Page Visits:
Shares