देश आफैं बन्दैन हामी यूवाले बनाउनु पर्छ
सबैले आफनो क्षेत्रवाट उपस्थिति जनाउनु पर्छ ।
धुर्मुस सुन्तलि फाउन्डेसनको सहयोगार्थ हाम्रो प्रयास, यहॉंहरु सबैको उपस्थितिले यो अभीयानलाइ जिवन्त बनाउने छ आउनुहोस सबै मीलेर हातेमालो गरौं ।
राज्य र राज्यका निकायहरु निकम्मा भएपछि यूवाहरुले देश बनाउने जिम्मा लिनैपर्ने हुन्छ । यस्तै यूवाहरुका प्रेरणाका श्रोत सिताराम कट्टेल उर्फ धुर्मुस सुन्तलि फाउन्डेसनको सहयोगार्थ क्यानबेरामा कार्यक्रम हुने भएको छ ।
नेपाली चलचित्र प्रदर्शन र सामाजिक बिकास अभीयानमा समर्पित भरिया ग्रुप र क्यानबेराकै नेपाली सॉंगीतिक समूह ब्लु एज ब्याण्डको सहकार्यमा धुर्मुस सुन्तलि फाउन्डेसनको नयॉं योजना अन्तराष्ट्रीय क्रिकेट स्टेडियमको सहयोगार्थ सॉंगीतिक सॉंझ हुने भएको छ । यसका लागी आयोजक समूहले कार्यक्रमका लागी प्रायोजन गरिदिन आम संघ संस्था र ब्यक्तिहरुमा आग्रह गरेको छ । कार्यक्रमको बिवरण तल दिइएको छ ।
मिति : २१ मे २०१८
स्थान : हंग्री बुद्ध फेरर
समय : बेलुका ६ बजे ।
![[Tags] 654F5C77-11D8-4AB2-B79C-7CD28FD643BF-300x193 क्यानबेरामा धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ सॉंगीतिक सॉंझ हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/654F5C77-11D8-4AB2-B79C-7CD28FD643BF.jpeg?resize=300%2C193&ssl=1)