मेरो कपुरि क सम्वाददाता :- अष्ट्रेलियन नेपलिज फ्रेण्डसीप सोसाइटी (एएनएफएस) क्यानबेराले नयॉं बर्षको अवसरमा बारबिक्यू कार्यक्रम सम्पन्न गरेको छ । नयॉंबर्षको अवसर र नेपाली दुतावास उप नियोग प्रमुखका रुपमा पदस्थापन गरेकी दुर्पदा सापकोटा स्वागत गरेको थीयो ।
![[Tags] 21234FA3-CDB1-447E-BB80-14DD34E427D1-300x225 बारबिक्यू र स्वागत गर्दै एएनएफएसले नयॉंबर्ष मनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/21234FA3-CDB1-447E-BB80-14DD34E427D1.jpeg?resize=300%2C225&ssl=1)
सामान्य कार्यक्रमका बिच एएनएफएस का अध्यक्ष जीवन रानाले उपस्थित सबैलाइ नयॉं बर्षको शुभकामना दिदै दुर्पदा सापकोटालाइ फुलले स्वागत गरेका थीए ।सापकोटाले अध्यक्ष रानाले बोल्न गरेको आग्रहलाइ स्वीकार्दै नेपाली समाजले गरेको स्वागतमा आफु खुसी रहेको र भोलिका दिनमा सबैसंग सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको जानकारि दिइन । संस्थाले कार्यक्रममा बारबिक्यू गरेर उपस्थित सबैलाइ स्वागत गरेको थीयो । क्यानबेरा क्षेत्रका आम संघ संस्था र ब्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थीयो । कार्यक्रम क्यानबेराको रमणीय स्थल ब्ल्याक माउन्टेन पेनेन्सुलामा भएको थीयो ।
![[Tags] 21234FA3-CDB1-447E-BB80-14DD34E427D1-300x225 बारबिक्यू र स्वागत गर्दै एएनएफएसले नयॉंबर्ष मनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/505664FB-675D-4C57-A1FD-C6EA3480BA97.jpeg?resize=300%2C225&ssl=1)
![[Tags] 21234FA3-CDB1-447E-BB80-14DD34E427D1-300x225 बारबिक्यू र स्वागत गर्दै एएनएफएसले नयॉंबर्ष मनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/C5F49557-E362-47E0-8FDC-39A801DD0974.jpeg?resize=300%2C225&ssl=1)
![[Tags] 21234FA3-CDB1-447E-BB80-14DD34E427D1-300x225 बारबिक्यू र स्वागत गर्दै एएनएफएसले नयॉंबर्ष मनायो ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/8F810A64-8AEB-4D2A-9181-7F7AD261448F.jpeg?resize=300%2C225&ssl=1)