मेरो कपुरि क सम्वाददाता :- क्यानबेरा नेपलिज फुटवल क्लव (CNFC) ले नयॉं बर्ष २०७५ को अवसरमा नयॉं बर्ष कप फुटवल खेल सम्पन्न भएको छ । पुरुष, महिला र बालवालिका सबै उमेर समूह अन्तरगत भएको खेलमा पुरुष चार, महिला दुइ र केटाकेटि समूह दुइ गरेर जम्मा ८ टिम रहेका थीए । पुरुषको चार टिम अन्तर्गत मेची, कोशी, भेरि र राप्ति रहेका थीए । जसमा मेची समूहले भेरि समूहलाइ ० का बिरुद्ध ४ गोल गर्दै प्रथम स्थान हासिल गरेको थीयो । त्यस्तै बालबालिका समूहमा सुभम खड्काले ४ गोल गर्दै खेल आफनो पक्षमा पार्न सफल भएका थीए । महिला समूहमा महामहिम लक्कि शेर्पा रहेको समूहले टाइ ब्रेकरमा १ गोल गर्दै बिजयी भएको थीयो ।
![[Tags] 05B7F10C-C29A-4400-9E08-E7C33A1F2972-300x225 सिएनएफसीको नयॉं बर्ष कप फुटवल सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/05B7F10C-C29A-4400-9E08-E7C33A1F2972-300x225.jpeg?resize=300%2C225&ssl=1)
बिजयी समूहहरुलाइ पुरस्कार बितरण गर्ने क्रममा बोल्दै संस्थाका सुरज पौडेलले उपस्थित सबैलाइ धन्यवाद दिएका थीए । त्यस्तै क्लवका संस्थापक अध्यक्ष डा दुर्गा दत्त कणेंलले साना भाइबहिनिहरुले खेलेको देख्दा भोलिको दिनमा राम्रा खेलाडीहरु उत्पादन हुने कुरामा बिश्वास गरे । त्यस्तै म्याच कमिसनर डा कृष्ण हमालले पहिला भन्दा खेलको स्तर बढेकोमा खुसी ब्यक्त गरे तर अझै सोचेजस्तो खेलमा प्रगति नभएको र भोलिका दिनमा अझै राम्रो गर्न आग्रह गरे । कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै महामहिम लक्कि शेर्पाले सबै समुदायका सदस्यहरुसंग खेलमा खेलाडीका रुपमा सहभागी हुन पॉंउदा खुसी ब्यक्त गर्दै महिला खेलाडी हरुलाइ अझै सक्रिय भएर खेलको तयारि गर्न आग्रह गरेकी थीइन ।
![[Tags] 05B7F10C-C29A-4400-9E08-E7C33A1F2972-300x225 सिएनएफसीको नयॉं बर्ष कप फुटवल सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/BD2C8F65-9E30-472F-8247-53C880FF9DA6.jpeg?resize=300%2C225&ssl=1)
खेलमा सदाबहार खेलाडीको रुपमा सुरज पौडेललाइ सम्मान गरिएको थीयो भने धेरै गोल कर्ताको रुपमा बिजय महतोले ३ गोल गरेर पाएका थीए त्यस्तै बेष्ट किपर अनिस पाण्डे र बेष्ट प्लेयर यमन ज्ञवाली रहेका थीए । रनर अप टिम भेरि समूह रहेको थीयो भने प्रथममा मेची समूह रह्यो । दुबै समूहलाइ पदक तथा सिल्डले सम्मान गरिएको थीयो ।
कार्यक्रम संचालन गर्दै संस्थाका अध्यक्ष चुडामणी सापकोटाले प्रायोजकलाइ प्रसंसा पत्र र अन्य सहयोगी संघ संस्था र स्वयंसेवक साथीहरुलाइ धन्यवाद ब्यक्त गरेका थीए ।
![[Tags] 05B7F10C-C29A-4400-9E08-E7C33A1F2972-300x225 सिएनएफसीको नयॉं बर्ष कप फुटवल सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/3DDA5762-6EC1-4D1A-8034-45313343D669.jpeg?resize=300%2C222&ssl=1)
![[Tags] 05B7F10C-C29A-4400-9E08-E7C33A1F2972-300x225 सिएनएफसीको नयॉं बर्ष कप फुटवल सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/2A65DD05-ACD4-4ED5-8CFF-5B89602CFE02.jpeg?resize=300%2C225&ssl=1)
![[Tags] 05B7F10C-C29A-4400-9E08-E7C33A1F2972-300x225 सिएनएफसीको नयॉं बर्ष कप फुटवल सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/C15118BE-C286-4FAE-B127-BC2F1931D0E7.jpeg?resize=300%2C225&ssl=1)
![[Tags] 05B7F10C-C29A-4400-9E08-E7C33A1F2972-300x225 सिएनएफसीको नयॉं बर्ष कप फुटवल सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/61713F8D-03E2-4F28-BE16-5D1E1207FB30.jpeg?resize=300%2C225&ssl=1)
![[Tags] 05B7F10C-C29A-4400-9E08-E7C33A1F2972-300x225 सिएनएफसीको नयॉं बर्ष कप फुटवल सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/9F0BD6BF-E6D6-4AF1-92EF-0201C3EF4482.jpeg?resize=300%2C225&ssl=1)
![[Tags] 05B7F10C-C29A-4400-9E08-E7C33A1F2972-300x225 सिएनएफसीको नयॉं बर्ष कप फुटवल सम्पन्न।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/04/3DDA5762-6EC1-4D1A-8034-45313343D669.jpeg?resize=300%2C222&ssl=1)