बिनायक अधिकारी; मेरो कपुरि क :- नेपालीहरुको संख्या दिनानुदिन बढे संगै समाजमा बिभिन्न राम्रा कामहरु पनि हुन थालेका छन् । फरक काम संगै बिभिन्न संघसंस्थाहरुका कार्यक्रमको थालनीले गर्दा राम्रा कामहरु पनि हुने गरेका छन् ।प्रवासी नेपाली मन्च क्यानबेराले आगामी जुन १६ देखि जुन २४ सम्म बिभिन्न कार्यक्रमहरु आयोजना गर्न लागेको छ । रक्तदान संगै बनभोज र नेपाली समुदायमा उल्लेख्य योगदान दिन हुने अग्रजहरुलाइ सम्मान कार्यक्रम रहेको कुरा संस्थाका उपाध्यक्ष दिनेश भट्टराइले बताए । एउटै समुदायमा जेएसएस र ओएनएफले किन एउटै प्रकृतिका कार्यक्रम गरे भन्ने मेरो कपुरि क को प्रश्नमा हाम्रो पहिल्यै निर्णय भइसकेको र अष्ट्रेलियामा यसै समयमा बिगत ५ बर्ष देखि रक्तदान कार्यक्रम गरिरहेको हुदा क्यानबेरामा पनि सुरु गरेका हौ भट्टराइले बताए । यस्ता कार्यहरु धेरै संस्थाहरुले गर्नु राम्रो हो, हाम्रो पूर्वनिर्धारित कार्यक्रम १९ मे वाट थीयो तर त्यसै समयमा जेएसएसको कार्यक्रम परेको हुनाले हामीले पछि सारेका हौ राम्रो कामको लागी हामी सबैको सबैलाइ सहयोग हुनु जरुरी छ उनले थपे ।

कार्यक्रम सफल बनाउन क्यानबेरा निवासी सम्पुर्ण नेपाली दाजुभाई दिदि बहिनीहरुलाई सहभागीताको लागी संस्थाले अनुरोध गरेको छ । कार्यक्रम तालिका निम्नानुसार रहेको छ ।

# २०१८ जुन १६ (आईतबार) देखि जुन २३ (शनिबार) सम्म रक्तदान कार्यक्रम स्थान ब्लड बैंक, ग्यारन

समय : १२ बजे

# २०१८ जुन २४ (आईतबार) – बनभोज कार्यक्रम, कटर ड्याम, बालवालीका खैल मैदान संगै

समय : ११-३ बजे सम्म 

# २०१८ जुन २४ नेपाली समुदायमा उल्लेख्य योगदान दिनुहुने अग्रजहरुलाई सम्मान कार्यक्रम ।

CB5BED29-46C2-46FD-AAEA-D72F0D721A21-300x225 ओएनएफ क्यानबेराले अग्रज सम्मान संगै रक्तदान कार्यक्रम गर्दै । CB5BED29-46C2-46FD-AAEA-D72F0D721A21-300x225 ओएनएफ क्यानबेराले अग्रज सम्मान संगै रक्तदान कार्यक्रम गर्दै ।

Total Page Visits: - Today Page Visits:
Shares