बिनायक अधिकारी:- क्यानबेरामा नेपाली बालवालिकाहरुका लागी नेपाली भाषाको बारेमा ज्ञान दिनका लागी नेपाली भाषा पाठशाला खुल्ने भएको छ । हामीले बालबालिकाहरुको संख्या, पाएक पर्ने ठॉंउ र उचित ब्यवस्थापन सहित छिट्टै जानकारि दिनेछौं, अहिले बालवालिकाहरुको नामावलि संकलन गरिरहेका छौं अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटिका अध्यक्ष जीवन रानाले भने । पहिला पनि क्यानबेरामा नियमित कक्षा हुन्थ्यो तर बिविध कारणले गर्न सकिरहेका थीएनौं अव भने पुन संचालन हुने आशा गरेका छौं, रानाले थपे ।
समाजमा केहि गर्नका लागी आएका हौं, समाजले चाहेको र हामीलाइ पनि महसुस भएको पाठशाला संचालन गर्न सक्यौं भने हामी पछिको पुस्ताले पनि केहि सिक्ने छ एएनएफएसका सदस्य बिनोद राज घिमिरेले भने । त्यस्तै अव बालवालिकाहरु पनि धेरै भएको र सबैजना सकारात्मक रहेकाले अव पाठशाला निरन्तर होला भन्ने आशा गरेका छौं किरण दाहालले थपे ।
हुनपनि हिजो आज क्यानबेरा र क्विनबियन क्षेत्रमा नेपालीहरुको आउने क्रम बढ्दो छ । त्यससंगै बालवालिकाहरु पनि दिनहुँ बढ्दै छन् । बालवालिकाहरु यहॉं रहदा अंग्रेजी भाषामा पढ्ने र अंग्रेजी भाषा बोल्न रुचाउने हुनाले पनि नेपाली भाषा प्रतिको मोह घट्दो छ त्यसैले भोलिका दिनमा नेपाली भाषा र संस्कृति प्रति मोह जगाउनका लागी हामीले आजैबाट प्रयास गरेनौं भने भोलिका दिनमा झनै गार्हो हुन सक्नेछ । तर पाठशालाले मात्रै पनि सहयोग गर्न सक्दैन जव सम्म अभिभावकहरुले घरमै बालवालिकाहरुलाइ नेपाली बोल्न र लेख्न सहयोग गर्दैनन । आजैबाट हामी सबैले आफना बालबैलिकाहरुलाइ नेपाली बोल्न र लेख्न लगाऔं ।भाषा संस्कृति जोगाऔं ।
यसका लागी एएनएफएसले सम्पर्क गर्न अनुरोध गरेको छ । बिवरण तल दिइएको छ ।
Dear Valued Members,
We are going to rearrange “PATHSALA” for our kids. It is an excellent opportunity for them to engage within our community, and understand Nepalese values, tradition, and language. If you are interested in this program, we would like to request you to submit Expression of Interest (EOI) via email ( info@anfscanberra.org.au ) or contact following ANFS members.
Binod Raj Ghimire (0411801043) -Coordinator
Prabin Pathak (0420280778)
Khusbu Neupane (0413065517)
Please include following information of your children in your EOI.
-Name
-Age
-Address
We also like to inform you that the information regarding date and venue of the program will be announced soon.